अध्यादेशको सही कार्यान्वयन हुनसके बेरोजगारदर घटाउन सकिन्छ: अध्यक्ष ढकाल
शनिबार, १९ माघ २०८१, १३ : ०१

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन गर्नसके बेरोजगारदर घटाउन सकिने बताएका छन् । शनिवार बागलुङमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले बाध्यतावश बिदेसिनुपरेको यथार्थलाई हटाउन स्वदेशमै रोजगारका अवसर सिर्जना गर्न सक्नुपर्ने बताए ।
स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन आवश्यक रहेको ढकालले बताए । उनले अध्यादेशमार्फत परिवर्तन भएका कानुनहरूको सही कार्यान्वयन जरुरी रहेको बताए ।
अध्यक्ष ढकालले नेपालकै पुँजी परिचालन गरेर ठुलो आयोजना सम्पन्न गर्न सकिन्छ भन्ने उद्देश्यका साथ आफूहरू अघि बढेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३६ दिनमा सकियाे दयाहाङ र विजयकाे 'वरिष्ठ बलराम'
-
पोखरा म्याराथनबाट १२ लाख भन्दा बढी बचत
-
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
-
आँबुखैरेनीमा पढ्ने सबै विद्यार्थीलाई निःशुल्क स्वास्थ्य सेवा, वार्षिक र भर्ना शुल्क पनि निःशुल्क
-
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
भर्जिनियामा सामूहिक गोलीबारी, तीन जनाको मृत्यु