६ महिनामा १० करोड बराबरको अचार १० मुलुकमा निर्यात
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को ६ महिनामा करिब १० करोड बराबरको अचार निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार २०८१ पुस मसान्तसम्ममा ९ करोड ८५ लाख ८१ हजार रुपैयाँ बराबरको अचार निर्यात भएको छ ।
यस अवधिमा सो मूल्य बराबरको १ लाख १३ हजार ३३७ किलो अचार निर्यात भएको विभाको तथ्यांकमा उल्लेख छ । गत वर्षको यसै अवधिमा ६ करोड ७० लाख ९५ हजार रुपैयाँको ८५ हजार २६५ किलो अचार निर्यात भएको थियो ।
गत वर्षको तुलनामा अचार ३ करोडभन्दा बढीले निर्यात बढेको हो । चालु वर्षमा १० वटा मुलुकमा अचार निर्यात भएको छ । जसमध्ये ३ करोड ७ लाख ७३ हजार रुपैयाँको ३६३२८ किलो अचार अष्ट्रेलियमा निर्यात भएको छ ।
यसैगरी २ करोड ५ लाख १६ हजार रुपैयाँको अमेरिकामा,१ करोड ६४ लाख ४० रुपैयाँको इटालीमा निर्यात भएको छ । यसैगरी ७६ लाख ९८ हजार रुपैयाँको दक्षिण कोरिया,६९ लाख ४६ हजार रुपैयाँको जापान ६४ लाख ८६ हजार रुपैयाँको बेल्जियम, ४० लाख ८८ हजार रुपैयाँको क्यानडा २० लाख ८ हजार रुपैयाँको वेलायत, १९ लाख २९ हजारको मलेसिया १६ लाख ९६ हजार रुपैयाँको डेनमार्कमा निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन गर्न सके बेरोजगारी घटाउन सकिन्छ : ढकाल
-
कर्णालीका पचास स्थानीय तहलाई ८० प्रतिशत अनुदान
-
नर्वेका पूर्वमन्त्री सोल्हाइमले गरे पूर्वाधार विकास समितिमा सम्बोधन
-
टाइगर कप भलिबल : न्यू डायमण्डलाई हराउँदै आयोजक टोली फाइनलमा प्रवेश
-
अध्यक्ष डीसी र अमेरिकी दूतावास नेपाल भिसा प्रमुखबिच भेटवार्ता
-
३० हजार वटा काँटी प्रयोग गरेर कला, तस्बिरहरू