त्रिकोणात्मक महिला टी–२०
नेपालले थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने
शनिबार, १९ माघ २०८१, ११ : ५८

काठमाडौँ । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज थाइल्यान्डसँग खेल्दै छ । काठमाडौँमा जारी शृङ्खलामा नेपालसँगै नेदरल्याण्ड्स र थाइल्यान्ड सम्मिलित छन् ।
आजको खेलमा नेपाल टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । खेल दिउँसो सवा १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदै छ। नेपालको कप्तानमा इन्दु बर्मा छिन् भने थाइल्यान्डको कप्तानमा नारुमोल चाइवाइ छिन् ।
बिहीबार भएको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो भने शुक्रबार थाइल्यान्डले नेदरल्याण्ड्सलाई हराएको थियो ।
शृङ्खलामा सबै टोलीले एक अर्कासँग ३र३ खेल खेल्ने छन् । नेपालले माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्यान्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्यान्डसँग खेल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताप्लेजुङमा मङ्सिर अन्तिमदेखि हवाई सेवा बन्द
-
कांग्रेस पनि अलोकतान्त्रिक र निरङ्कुश बाटोमा हिँड्यो : माओवादी
-
अमेरिकी सहयोग दुरुपयोग गर्नेहरुको सूचीसहित श्वेतपत्र जारी गरियोस् : सांसद खतिवडा
-
राष्ट्रपतिको ठाउँमा राजा राख्नेगरी राजासंस्थाको परिकल्पना गरिएको हो : शाही
-
सरकार कमिसनखोर व्यापारीको पक्षमा देखियो : सांसद ढकाल
-
प्यालेस्टाइनको समर्थनमा काठमाडौँमा प्रदर्शन, तस्बिरहरु