शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय
विज्ञका कुरा

मौसम बदलिएसँगै स्वास्थ्यमा आउने समस्यासँग कसरी जोगिने ? (भिडियोसहित)

शनिबार, १९ माघ २०८१

काठमाडौँ । गर्मी मौसम सुरु हुन लागे पनि अहिले बिहान र बेलुका चिसो नै छ । खासगरी तराईमा बाक्लो हुस्सु लागेको कारण त्यहाँको तापक्रम न्यून भइरहेको छ । काठमाडौँमा भने दिउँसो घाम लागे पनि बिहान र रातको समयमा जाडो नै छ । 

जाडो र मौसममा आउने बदलीले स्वास्थ्यमा केके समस्या निम्त्याउन सक्छ र यसबाट शरीरलाई कसरी जोगाउने ? यसबारे ग्रान्डी इन्टरनेसनल अस्पतालका कन्सल्टनेन्ट फिजिसियन डा. अमित गौलीले यसरी सुझाएका छन् ।  

जाडोयाममा सामान्य रुघाखोकी, नाक बग्ने, हाच्छ्युँ आउने, घाँटी खसखसाउनेदेखि श्वासप्रश्वाससम्बन्धी समस्याहरू बढ्ने गर्छन् । त्यस्तै श्वासनली र फोक्सोमा सङ्क्रमण देखिन सक्छ । फोक्सोमा पानी जम्ने, दम बढ्ने, घ्यार घ्यार हुने, छाती दुख्नेजस्ता समस्या पनि जाडो मौसममा बढी देखिन्छ । 

साथै विभिन्न भाइरस, ब्याक्टेरियाजन्य बिरामी हुने तथा पेटका समस्याहरू देखापर्छन् । छालामा बिबिरा, डाबरहरू आउने र चिलाउने समस्या देखापर्छ । 

  • के सावधानी अपनाउने ?

६ वर्षमुनिका बालबालिका, पाका उमेरका व्यक्तिले विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । दीर्घारोगको समस्या भएका र वृद्धवृद्धामा सामान्य व्यक्तिभन्दा रोगप्रतिरोध क्षमता न्यून हुने भएकाले सङ्क्रमण बढी हुने हुन्छ । यस्ता वर्गका व्यक्तिले विशेष ध्यान दिनुपर्ने हुन्छ ।

साथै जाडोमा ज्वरो आउने, फ्लु, एनफ्लोइन्जा ‘ए’, ‘बी’ वा एस ‘थ्री’ एन ‘टु’ अथवा कहिलेकाहीँ कोरोना सङ्क्रमण पनि देखिने हुन्छ । यस्ता बेलामा लक्षणमा आधारित औषधि सेवन गर्ने र उपचार गर्नुपर्ने हुन्छ । 

त्यही भएर फ्लुको भ्याक्सिन वार्षिक रूपमा एक पटक लगाउने, निमोनियाको भ्याक्सिन पाँच वर्षमा एक पटक लगाउने गर्नुपर्छ । यसले रोगप्रतिरोग क्षमता बढाउन सकिन्छ । 

तातोपानी खाने, प्यारासिटामोल खाने, आराम गर्ने र प्रशस्त मात्रमा पानी पिउनुपर्छ । तर कहिलेकाहीँ यसले गम्भीर समस्या निम्त्याउन सक्छ । जस्तैः सास फेर्न गह्रो हुने, दम, निमोनिया हुने, छातीमा दागहरू देखिने हुन्छ । सास फेर्न गाह्रो भएमा चिकित्सकको सल्लाह लिएर मात्रै उपचार गर्नुपर्छ । हेलचक्रयाइँ गर्नु हुँदैन । 

जाडोमा कतिपयले बाथरुममा गिजरको प्रयोग गर्छन् । त्यसो गर्दा कतिपय बेहोस भएर अस्पताल पुगेका हुन्छन् । कतिपयमा एकदमै जटिल समस्या देखा परेर भेन्टिलेटरमा पुगेका पनि छन् । यी कुरामा पनि विशेष सतर्कता अपनाउनुपर्छ । 

dr amit gauli

सकेसम्म गिजरको प्रयोग नगर्ने र गर्नैपरे हावा ओहोरदोहोर हुने स्थान हुनुपर्छ । बन्दाकोठमा गिजर प्रयोग गर्नु हुँदैन । यसबाट निस्कने कार्बन मोनोअक्साइडले हानि गर्छ । 

हाम्रो शरीरका विभिन्न कोषिकामा पुग्ने अक्सिजनभन्दा रातो रक्त कोषिकामा टाँसिने क्षमता कार्बन मानोअक्साइडमा बढी हुन्छ । त्यो विष शरीरको विभिन्न अंगमा पुगेपछि स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने गर्छ । यसले दिमागमा दागहरू देखिएर मान्छे जटिल परिस्थितिमा पुगेको देखेका छौँ । मान्छेले बन्द कोठामा हिटर बाल्ने, कोइला बाल्ने गर्छन् । वा ग्यास गिजर प्रयोग गर्ने गर्छन् । यी सबै कुरामा एकदमै सावधानी अपनाउनुपर्ने हुन्छ । 

यस्तो मौसममा घरीघरी रुघा लाग्ने, संक्रमणको लक्षणहरू देखिन्छन् । केही नहुनुभन्दा केही हुनु राम्रो हो । त्यसका लागि फ्लुको भ्याक्सिन अथवा निमोनियाको भ्याक्सिनहरू लगाउनुपर्छ । यसले शतप्रतिशत जोगाउने काम नगरे पनि केही मात्रामा जोगाउने गर्छ । 

त्यही भएर फ्लुको भ्याक्सिन वार्षिक रूपमा एक पटक लगाउने, निमोनियाको भ्याक्सिन पाँच वर्षमा एक पटक लगाउने गर्नुपर्छ । यसले रोगप्रतिरोग क्षमता बढाउन सकिन्छ । 

अहिले विस्तारै जाडो घट्दै गएको छ । अब गर्मी पनि सुरु हुन खोजेको छ । बिहान बेलुका अलिकति जाडो हुने, दिउँसो गर्मी भइराख्ने र चर्को घाम लाग्ने भइरहेको छ । मौसममा आएको परिवर्तनले शरीर अस्वस्थ हुने गर्छ । 

शरीरलाई हाइड्रेड गर्नुपर्ने, दैनिक साढे दुई लिटरदेखि साढे तीन लिटर पानी पिउनुपर्छ ।

किनभने, जाडो हट्यो भन्दै मानिसहरूले न्यानो कपडा किन लगाउने भनेर हेलचक्रयाइँ गर्छन् । खाइरहेको औषधि पनि नखाने गर्न थाल्छन् । 

जाडोमा गर्मी मिसिएपछि मानिसमा समस्याहरू देखिन थाल्छ । अथवा अलिकति गर्मी सुरु हुँदा शरीरलाई वातावरणसँग घुलमिल हुन समय लाग्छ । यस्तोमा  रोगप्रतिरोध क्षमता कमजोर भएर रोग लाग्ने सम्भावना भएकाले सतर्कता अपनाउनुपर्छ । जाडोमा अपनाउनु पर्ने रहनसहन, खानपिन पूर्ण रूपमा गर्मी नहुँदासम्म अपनाउनुपर्ने हुन्छ । 

यस्तो बेला शरीरलाई खानपिन तथा पानीको मात्र परिपूर्ति गर्नुपर्ने हुन्छ । जाडोको मौसममा कसरत तथा व्यायाम नगर्ने अल्छीपनाको विकास हुने भएकाले खानपिनमा पनि मनोमानी गर्ने समस्या देखापर्छ । 

यस्ता विषयमा सतर्कता अपनाउन आवश्यक छ । शरीरलाई हाइड्रेड गर्नुपर्ने, दैनिक साढे दुई लिटरदेखि साढे तीन लिटर पानी पिउनुपर्छ । श्वासप्रश्वासलाई राम्रो बनाउन भिटामिनयुक्त खाद्यवस्तु खानुपर्छ । जसका लागि फलफूलहरू, सागहरू खाने गर्नुपर्छ । सूर्तीजन्य, मद्यपान तथा धूम्रपान गर्नु हुँदैन । दैनिक २० मिनेट वा साताको पाँच दिन व्यायाम गर्नुपर्छ । शरीरलाई न्यानो बनाइराख्नुपर्छ । जसका लागि शरीरका सबै अंग ढाक्ने पहिरन लगाउनुपर्ने हुन्छ । यी सबै विषयलाई ध्यान दिन सके मौसम प्रतिकूलताबाट जोगिन सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया