दुर्घटनामा परिन् सलमान खानले बहिनी बनाएकी श्वेता

मुम्बई । बलिउड अभिनेता सलमान खानले बहिनी बनाएकी श्वेता रोहिरा हालसालै एउटा भयानक दुर्घटनामा परेकी छन् । श्वेता आफैले आफ्नो इन्स्टाग्राम पोस्ट मार्फत यो जानकारी साझा गरेकी हुन्। श्वेता एक अभिनेत्री, लेखिका, चित्रकार र सोसल मिडिया इन्फ्लुएन्सर पनि हुन्। उनी पुलकित सम्राटकी पूर्वपत्नी पनि हुन् ।
वास्तवमा पुलकित टिभीमा काम गरिरहेको बेला सेटमा दुवैको भेट भएको थियो र त्यसपछि दुवैले केही समय एकअर्कालाई डेट गरेपछि विवाह गरे । तर, उनीहरूको सम्बन्ध लामो समय टिक्न सकेन र एक वर्षमै टुट्यो र उनीहरू अलग भए । श्वेता रोहिराले दुई दिनअघि आफ्नो इन्स्टाग्राममा पोस्ट सेयर गरेकी थिइन् ।
यस पोस्टमा अभिनेत्रीले आफ्ना फ्यानहरूलाई आफ्नो दुर्घटनाको जानकारी दिएकी छिन् । श्वेताले सुनिल थडानीको सर्ट फिल्म ‘परिणिती’ बाट आफ्नो करियर सुरु गरेकी थिइन् । यसबाहेक श्वेताले ‘द्याट्स माई गर्ल’ मा मुख्य भूमिका निर्वाह गरेकी थिइन् र यसले उनलाई निकै लोकप्रियता पनि दिएको थियो । श्वेताले धेरै फेसन ब्रान्डका लागि मोडलिङ पनि गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन्, नेविसंघले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)
-
नागार्जुन र तार्केश्वरका ३ वटा खाद्य गोदाममा छापा
-
सरकारले ल्याएका ५ अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा प्रतिनिधिसभामा प्रस्तुत
-
यी हुन्, अनेरास्ववियुले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)
-
‘अञ्जिला’ले कति पायो शो ?
-
असन्तुष्टिको आगोमा घिउ तप्ने काम भएको छ : गगन थापा