अन्तर कलेज फुटसलको उपाधि डीएभीलाई
काठमाडौँ । डिएभी कलेजले आयोजना गरेको छैटौँ अन्तर कलेज ६ एसाइड फुटसल प्रतियोगिताको उपाधि डीएभी कलेजले जितेको छ ।
खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासनको विकास तथा प्रतिभाशाली फुटबल खेलाडी तयार गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताको उपाधि विजेता डीएभी कलेजले कलेजलाई रू ३ लाख नगद, ट्रफी र प्रमाणपत्र पायो ।
यसैगरी उपविजेता टिम ओमेगा कलेजले रू २ लाख नगद, ट्रफी र प्रमाणपत्रका साथै उत्कृष्ट खेलाडी डीएभी कलेजका भारगव सिलवाल, उत्कृष्ट गोलरक्षक ओमेगा कलेजका रिदम आले मगर र उच्च गोलकर्ता ओमेगा कलेजका योगान्त महर्जनले जनही नगद रु। १५,०००, व्यक्तिगत ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडियाको उपस्थितिमा भएको फुटसलमा ४० कलेजहरूका सहभागिता रहेको थियो । कार्यक्रममा मुख्य अतिथिका रूपमा युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी तथा राष्ट्रिय खेलकुद परिषद्को सदस्य तथा नाइटेङ्गल कलेजका प्रिन्सिपल रन्जना प्रधानलगायतको सहभागिता रहेको थियो ।
यसैगरी कार्यक्रममा कृष्ण फाउण्डेशनका उप(प्रमुख सुजित कर्ण, एकल विद्यालय फाउन्डेसनका अध्यक्ष महावीर गिरहिया, शिव शक्ति युनिफर्मका डाइरेक्टर महेश गिरहिया, ग्लोबल टचका नेसनल डाइरेक्टर निशान्त श्रेष्ठ तथा फन्टलाइन हस्पिटलका प्रतिनिधिलगायत उपस्थिति थियो । माघ १६ देखि तीन दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिता प्सटु तहको सबैभन्दा ठुलो धनराशिको प्रतियोगिता भएको दाबी कलेजका प्रिन्सिपल सुमन बस्नेतले गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल सञ्चालन
-
माओवादी केन्द्रको पक्षमा देशव्यापी नयाँ लहर सुरु भएको छ : प्रचण्ड
-
दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा तीन जना बेपत्ता
-
नेपाल–स्टोनिया चेम्बर अफ कमर्स स्थापना हुने
-
एलिनाले भनिन्– ‘विवाह गर्न हतार गरेछु’
-
अध्यादेशको सही कार्यान्वयन हुनसके बेरोजगारदर घटाउन सकिन्छ: अध्यक्ष ढकाल