शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

सातामा २२०० रुपैयाँ बढ्यो सुनको मूल्य

शनिबार, १९ माघ २०८१, १० : ३५
शनिबार, १९ माघ २०८१

काठमाडौँ । नेपाली बजारमा यो साता सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबार (माघ ११ गते) तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन यो शुक्रबार (माघ १८ गते) तोलामा १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको हो ।

महासंघमा अनुसार साताभर मूल्य भने घटबढ भइरह्यो । जसअनुसार माघ १३ गते तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन माघ १४ गते १ लाख ६० हजार १०० रुपैयाँ कायम भयो ।

यस्तै १५ गते १ लाख ५९ हजार २०० रुपैयाँ कायम हुँदा १६ गते १ लाख ६० हजार ६०० रुपैयाँ कायम भयो ।

यसैगरी १७ गते १ लाख ६० हजार ५०० रुपैयाँ कायम हुँदा साताको कारोबारको अन्तिम दिन शुक्रबार भने तोलामा १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै यो साता चाँदीको मूल्य पनि बढेको छ । माघ ११ गते तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको चाँदी त्यसपछि घटबढ हुँदै साताको अन्तिम दिन शुक्रबार १ हजार ९१८ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसआधारमा सातामा सुनको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप