शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय

कोभिड-१९ महामारी चिनियाँ प्रयोगशालाबाट फैलिएको दाबीमा ह्वाइट हाउसले के भन्यो?

शनिबार, १९ माघ २०८१, १० : ३२
शनिबार, १९ माघ २०८१

वासिङ्टन । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले कोभिड–१९ को सन्दर्भमा पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई निशाना बनाएकी छन् । उनले बाइडेन प्रशासनले अमेरिकी जनतालाई कोभिड-१९ सँग सम्बन्धित सत्य नखुलाएको बताएकी हुन्।

लेभिटले भनिन् ‘बाइडेन प्रशासनले अमेरिकी जनतालाई कोभिड-१९ सँग सम्बन्धित सत्य बताउने अवसर पाएको थियो, तर केही कारणले उनीहरूले त्यसो नगर्ने निर्णय गरे।’

‘त्यसबेला राष्ट्रपति ट्रम्प अगाडि आउनुभएको थियो र उहाँले अमेरिकी नागरिकहरूलाई कोभिड-१९ सँग सम्बन्धित सत्यबारे बताउनु भएको थियो । त्यतिबेला पनि उहाँले (ट्रम्प)ले कोभिड–१९ चीनको वुहानस्थित प्रयोगशालाबाट आएको हुनसक्ने बताउनुभएको थियो,’ उनले भनिन्, ‘तर त्यसपछि केही मानिसहरूले उनको खिल्ली उडाए, र भने कि उहाँले षड्यन्त्रको बारेमा कुरा गरिरहनु भएको छ ।’

लेभिटले भनिन्, ‘अब हामीलाई थाहा छ कि यो एक सत्य हो जुन पुष्टि गर्न सकिन्छ। यो प्रकाशमा आउन धेरै वर्ष लागे पनि, राष्ट्रपति सही हुनुहुन्थ्यो ।’

जनवरी २०२५ को अन्तिम हप्तामा जारी गरिएको एक रिपोर्टमा, अमेरिकी गुप्तचर एजेन्सी सीआईएले कोभिड महामारीको फैलावटमा नयाँ मूल्याङ्कन जारी गरेको थियो। यसमा सीआईएले जनावरबाट नभई चिनियाँ प्रयोगशालाबाट कोरोना भाइरस लिक हुने ‘उच्च सम्भावना’ रहेको बताएको थियो ।

एजेन्सीका प्रवक्ताले उपलब्ध रिपोर्टहरूको आधारमा, महामारी प्राकृतिक रूपमा फैलनुको सट्टा ‘अनुसन्धानको क्रममा फैलिने’ सम्भावना बढी रहेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप