बुधबार, २१ फागुन २०८१
ताजा लोकप्रिय

मेक्सिको, क्यानडा र चीनमा कति लाग्ने छ कर ?

शनिबार, १९ माघ २०८१, ०९ : ३०
शनिबार, १९ माघ २०८१

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारदेखि मेक्सिको, क्यानडा र चीनमा कर लगाउने निर्णय गरेका छन् । यो जानकारी ह्वाइट हाउसले दिएको हो ।

यस अनुसार मेक्सिकोमा २५ प्रतिशत, क्यानडामा २५ प्रतिशत र चीनमा १० प्रतिशत कर लगाइनेछ । राष्ट्रपति ट्रम्पले केही समयदेखि कर वृद्धिको मुद्दामा निरन्तर आफ्नो अडान प्रस्तुत गर्दै आएका छन् ।

मेक्सिको, क्यानडा र चीनमा कर लगाएपछि ट्रम्पले भविष्यमा युरोपेली युनियनमा पनि कर लगाउने योजना रहेको ट्रम्पले बताएका छन् । यो समूहले अमेरिकासँग राम्रो व्यवहार नगरेको उनको विश्वास छ ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले क्यानडा र मेक्सिकोमा शुल्क बढाउनुको कारण खुलाउँदै भनिन्, ‘क्यानडा र मेक्सिकोले हाम्रो देशमा अवैध फेन्टानिल वितरण गरे, जसले १० लाखभन्दा बढी अमेरिकीहरूको ज्यान लिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप