त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला
नेपालले आज थाइल्यान्डसँग खेल्दै
शनिबार, १९ माघ २०८१, ०७ : ५४

काठमाडौँ । काठमाडौँमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्यान्ड सम्मिलित त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज थाइल्यान्डसँग खेल्दै छ ।
खेल दिउँसो सवा १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदै छ। नेपालको कप्तानमा इन्दु बर्मा छन् भने थाइल्यान्डको कप्तानमा नारुमोल चाइवाइ छन् ।
बिहीबार भएको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो भने शुक्रबार थाइल्यान्डले नेदरल्याण्ड्सलाई हराएको थियो ।
शृङ्खलामा सबै टोलीले एक अर्कासँग ३/३ खेल खेल्ने छन् । नेपालले माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्यान्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्यान्डसँग खेल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यप्रदेशको कोइलाखानीमा भवनको छत खस्दा तीन मजदुरको मृत्यु
-
सुनगाभा सैनामैना गोल्ड कप : महावीर काठमाडौँ सेमिफाइनल प्रवेश
-
सुदूरपश्चिममा पहिलो पटक बजेटबारे सांसदहरूसँग छलफल
-
विद्युत् प्राधिकरणको नाफा ‘फेक’ हो ?
-
पाङ्ग्रा बिना आएको बुद्ध एयरको विमान काठमाडौँमा सकुशल अवतरण
-
विराट गोल्डकप : एपीएफलाई हराउँदै नेपाल पुलिस सेमिफाइनलमा