ट्रम्प प्रशासनलाई इरानको चेतावनी : ‘परमाणु सुविधामा दख्खल दिए ठूलो युद्ध हुन्छ’

काठमाडौं । इरानी विदेशमन्त्री अब्बास घराघचीले इरानको परमाणु सुविधामा इजरायल वा अमेरिकाले कुनै प्रकारको दख्खल दिए ‘पूर्ण युद्ध हुने’ बताएका छन् ।
कतार यात्राका दौरान उनले इरानी परमाणु सुविधामाथि सैन्य आक्रमण गर्नु अमेरिकाको सबै भन्दा ठूलो ऐनिहासिक गल्ती हुने चेतावनी दिएका हुन् । आफुहरु कुनै पनि आक्रमणको तत्काल तथा निर्णायक जवाफ दिन तयार रहेको र यो क्षेत्रमा पूर्ण रुपमा युद्ध छेडिने विदेशमन्त्री घराघचीले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालका दौरान अमेरिकी प्रतिबन्धलाई थप कडा बनाउँदै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई इरानका परमाणुस्थलमा आक्रमण गर्ने अनुमति दिन सक्ने भन्दै इरानमा चिन्ता बढेको छ ।
दोहामा रहँदा घराघचीले कतारका प्रधानमन्त्री र विदेशमन्त्री शेख मोहम्मद बिन खब्दुलरहमान बिन जसीम अल थानीसँग भेटघाट गरेर प्रमुख क्षेत्रीय मुद्दामा छलफल गरेको बताएका छन् । भेटघाटका क्रममा गाजा युद्धविरामको मध्यस्तता गर्ने कतारको भूमिकाको स्रहाना गर्दै अब सबै मुद्दा सुल्झिने घराघचीले विश्वास व्यक्त गरेका बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानाडाको प्रधानमन्त्रीका रुपमा कार्नीको पहिलो भाषण, ‘ट्रम्पको अनुहार तत्काल नहेर्ने’
-
भक्तपुर अस्पतालमा मन्त्रीको छड्के
-
रुस युद्धविराम वार्ता भाँडेर थप नरसंहार मच्चाउन खोजिरहेको छ : जेलेन्स्की
-
पोर्चुगलमा वर्ल्ड नेवाः अर्गनाइजेशन डब्लुएनओ स्थापना
-
१२ बजे, १२ समाचार : नेविसंघको किचलोले स्ववियु चुनाव प्रभावितदेखि रातको समयमा फेरि लोडसेडिङ हुने खतरासम्म
-
स्ववियु सभापतिका लागि डोटी बहुमुखी क्याम्पसमा राणाको दावेदारी