शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय

महाकालीको बार आज कसलाई कति लाभदायी ? हेरौँ राशिफल

शनिबार, १९ माघ २०८१, ०५ : २८
शनिबार, १९ माघ २०८१

आज विक्रम संवत २०८१ साल माघ १९, शनिबार । ईश्वी सन् २०२५ फेव्रुवरी १ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ शुक्लपक्ष । तिथि–तृतीया, १८ घडी ३६ पला, दिउसो २ बजेर १९ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– शतभिषा, ० घडी ५ पला, बिहान ६ बजेर ५५ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–परिध, २१ घडी १० पला, दिउँसो  ३ बजेर २१ मिनेट उप्रान्त शिव । करण–गर, बेलुकी २ बजेर १९ मिनेट उप्रान्त वणिज, रातको ३ बजेर १८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–कुम्भ ।काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५३ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४३ मिनेट । दिनमान २७ घडी ६ पला ।  

आजको बार बेला 
बिहान ०६ बजेर ५३ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर ५४ मिनेटदेखि बिहान ८ बजेर १४ मिनेटसम्म शुभ बेला ।
बिहान ८ बजेर १५ मिनेटदेखि  बिहान ९ बजेर ३५ मिनेटसम्म रोग बेला ।
बिहान ०९ बजेर ३६ मिनेटदेखि बिहान १० बजेर ५७ मिनेटसम्म उद्धेग बेला ।
बिहान १० बजेर ५८ मिनेटदेखि बिहान १२ बजेर १८ मिनेटसम्म चर बेला ।
मध्यान्ह १२ बजेर १९ मिनेटदेखि दिउँसो १ बजेर ३९ मिनेटसम्म लाभ बेला ।
दिउँसो १ बजेर ४० मिनेटदेखि दिउँसो ३ बजेर  १ मिनेटसम्म अमृत बेला ।
मिनेटदेखि ३ बजेर २ मिनेटदेखि  बेलुकी ४ बजेर २२ मिनेटसम्म काल बेला ।
बेलुकी ४ बजेर २३ मिनेटदेखि बेलुकी ७ बजेर २२ मिनेटसम्म लाभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान ९ बजेर ३५ मिनेटदेखि  बिहान १० बजेर ५६ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट :  राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ५ बजेर १७ मिनेटदेखी बिहान ६ बजेर ५ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) भौतिक सम्पत्तिहरु जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेकोछ  । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । काम वा अध्ययनबाट बिश्राम पाइनेछ । मनोरञ्जन, यात्रा तथा खानपानमा समय व्यतित हुनेछ ।

बृष (इ,ऊ,ए,ओ,वा,वि,वु,वे,वो) व्यवसायलाई समय सापेक्ष परिमार्जन गरि मनग्गे आम्दानी गर्न सकिनेछ । माता पिताको धन तथा सम्पत्ति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । राजनीतिक तथा समाजिक कार्यक्रम सहभागी हुने वा आफ्ना भनाई राख्ने अवसर प्राप्त हुनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हां) समयले साथ दिने हुनाले तारिफयोग्य काम गरि चर्चा बटुल्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेकोछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । धार्मिक सामाग्रीको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । परिवारका साथ रमाइलो यात्रा गर्दै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) कुटुम्ब तथा आफन्तसँगको आर्थिक कारोबार बिग्रनसक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुने हुनाले बाहिरि तत्वहरुले प्रभावित पार्नेछ । अध्ययनमा ध्यान जाने छैन भने कार्यक्षेत्रमा काम बिग्रने तथा तपाईंको आलोचना गर्नेहरु बढ्नेछन् । पुराना समस्याहरु पुनह आईलाग्ने तथा शत्रुहरुले दुख दिनेछन् । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला दुःख हुने अधिक सम्भावना रहेकोछ । आकश्मिक धन तथा सम्पती लाभ हुने भए पनि तपाईंकै कारणले टरेर जानेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेकोछ । पर्यटन व्यवसाय अगाल्नेहरुले मनग्गे धन तथा सम्पत्ति संग्रह गर्न सक्नेछन् । सबैजना सहभागी हुने व्यापार व्यवसायमा लगानी गरेर प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशी रहनेछन् । राजनीति तथा सामाजिक सभा समारोहमा सहभागी हुने अवसर जुर्नेछ । मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेकोछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) बन्द व्यापारबाट मनग्गे आम्दानी हुनेछ भने नयाँ उद्योगमा लगानी गर्ने अवसर आउनेछ । तपाईंको कुरा काट्ने तथा विरोध गर्नेहरु तपाईंकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउँदै जित हात पार्न सकिनेछ । शरीर स्वस्थ रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिनेछ । काम वा अध्ययनलाई थाती राख्दै यात्रामा निस्कन सकिनेछ । पत्रकार तथा राजनीतिकर्मिको लागी  समय उत्तम रहेकोछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)  व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईंको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ भने आफुले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) तपाईं आफ्नै कारणले आफन्त तथा साथीभाइले तपाईको साथ छाड्नेछन् । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुनसक्छ । आफन्तसँग सानो सानो कुरामा मनमुटाव सिर्जना हुनेछ । अन्य काममा नै व्यस्त हुँदा पढ्ने लेख्ने काम थाती रहनेछ । प्रेममा अरुकै नकारात्मक टिप्पणीले शंका उब्जिनेछ । छाती सम्बन्धी समस्या आउने प्रवल सम्भावना रहेकोछ ध्यान दिनुहोला । र, पनि कृषि, पशुपालन व्यवसायमा भने मनग्गे आम्दानी हुनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) नयाँ काम गरी मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ भने उद्योग, व्यापार व्यवसाय फस्टाएर जानेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीबीच एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । आट, पराक्रम गर्न नडराई अगाडि बढ्ने हो भने चाहेको गन्तब्यमा पुग्न सकिनेछ । विवाद तथा हुलमुलकाबीच पनि राम्रा तथा परिणाममूखी काम गर्न सकिनेछ ।
 
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) विचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईंको बोलीको सबैले कदर गर्नेछन् । व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृड हुनेछ । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ । गीत संगीतमा लाग्नेहरुका लागी समयले साथ दिनेछ ।
 
कुम्भ
(गु,गे,गो,सा,सि,सु,से,सो,दा) क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्रपंतिमा आउन सकिनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैशीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । समाजसेवामा समय दिन सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थको विशेष ख्याल गर्नुहोला औषधि उपचार खर्च बढर जानेछ । आर्थिक अवस्था कमजोर हुने तथा खर्च बढेर जानेछ । आफन्त तथा साथीभाइहरुले खासै सहयोग गर्ने छैनन् । पढाइ लेखाइमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । कामलाई दोहोर्‍याएर गर्नु पर्दा मानशिक तनाब बढ्नेछ । स्वदेशमा उत्पादित सामानको व्यापारमा मन्दी आउने भए पनि विदेशमा उत्पादित सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप