ला लिगामा रायो भायकानो विजयी, लेगानेस घरेलु मैदानमा हार्यो
शनिबार, १९ माघ २०८१, ०५ : ११

काठमाडौं । स्पेनिस ला लिगामा २२ औं चरणको खेल सुरु भएको छ । लिग अन्तर्गत शुक्रबार राती भएको खेलमा रायो भायकानोले लेगानेसलाई १–० ले हराएको छ ।
घरेलु टोली दश खेलाडीमा खुम्चिएको मौका उठाउँदै लेगानेसले महत्वपूर्ण तीन अंक हासिल गरेको हो । पहिलो आधा (हाफ) गोलरहित बराबरी भएको खेलमा भायकानोका तर्फबाट ७८ औं मिनेटमा पाथे सिसले गरेको गोल नै निर्णायक बन्यो ।
पहिलो हाफको इन्जुरी समयमा लेगानेसका गोन्जालेजले रातो कार्ड पाएपछि घरेलु टोली १० जनामा सिमित भएको थियो । जितसँगै भायकानो अंक तालिकाको छैठौंं स्थानमा उक्लिएको छ । शीर्ष स्थानको रियाल मड्रिडको २१ खेलबाट ४९ अंक छ भने समान खेलबाट एटलेटिको मड्रिडको ४५ अंक छ । तेस्रो स्थानको बार्सिलोनाको भने ४२ अंक छ ।