९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत्मा लगानी जुट्यो
काठमाडौँ । मर्स्याङ्दी नदीमा एमए पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैंक लिमिटेडको अगुवाइमा शुक्रबार लगानी सम्बन्धी सम्झौता भएको छ ।
लगानी सम्झौता एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैक लिमिटेड, प्रभु बैक लिमिटेड, सिद्धार्थ बैक लिमिटेड, कृषि विकास बैक लिमिटेड लगायतका विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको रु. १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निर्माण हुने गरी ऋण सम्झौता सम्पन्न भएको हो ।
स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको हुनेछ । साथै डोल्मा इम्पाक्ट फन्डले पनि कम्पनीमा ४९ प्रतिशत सम्म स्वपुँजी लगानी गर्न पूर्व आवश्यक ड्यु डिलिजेन्स स्टडीअगाडि बढाइएको छ । यही समूहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेड मार्फत सेतीखोला जलविद्युत आयोजना २२ मे.वा. निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
आयोजनाको नेपाल विद्युत प्राधिकरण सँग २०८० साल कार्तिक १ गते विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भई व्यापारिक उत्पादन सुरु गर्नु पर्ने मिति २०८६ साल वैशाख २२ रहेको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागी सम्बन्धित निकायमा पेस भएको छ । आयोजनाबाट उत्पादित विद्युत् विद्युत् गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल विद्युत प्राधिकरणको मार्किचोक सब–स्टेसनमा २२०/१३२ केभी मा जोडिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रिटिस सेनाको उच्च तहदेखि राजा चार्ल्सको सुरक्षा दलसम्म खाम्चामगर
-
अमेरिकाको घातक हवाई दुर्घटनामा ६७ जनाको मृत्यु
-
सुदूरपश्चिम सम्भावनाले भरिपूर्ण प्रदेश हो : प्रदेश प्रमुख मियाँ
-
प्रधानमन्त्री कार्यालयद्वारा नागढुङ्गा–मुग्लिन खण्डको अनुगमन
-
तनहुँका रवीन बने कायाक ‘च्याम्पियन’
-
बागमती प्रदेशभित्रका सबै अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु