विराटनगरमा मामाघर आएकी बालिकाको हत्या गरी शव गाडेको अवस्थामा फेला
शुक्रबार, १८ माघ २०८१, १९ : ५८

विराटनगर । विराटनगर–५ मा मामाघर आएकी एक जना बालिकाको हत्या गरी शव करेसाबारीमा गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । भारतको बिहारबाट विराटनगर मामाघर आएकी १४ वर्षीया चाँदनी यादवको शव हत्यापछि खाल्डो खनेर गाडिएको अवस्थामा शुक्रबार दिउँसो फेला परेको प्रहरीले बताएको हो ।
मोरङ प्रहरीका अनुसार हत्यापछि शव गाडेको आरोपमा अनुसन्धानका लागि मावलीतर्फका हजुरबुवा ५७ वर्षीय सर्जुग मण्डललाई पक्राउ गरिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले विराटनगर–५ घर भएका मृतक बालिका चाँदनीका हजुरबुवा सर्जुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए ।
उनका अनुसार एक हप्ताअघि हत्या गरेर शव गाडेजस्तो देखिन्छ । शव गाडेको स्थानलाई तोरीको जट्टाले छोपिएको अवस्थामा फेला परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लेन फिलिप्सको स्थानमा श्रीलंकाली अलराउण्डर दासुन शनाकालाई भित्रायो गुजरात टाइटन्सले
-
सिक्किममा निश्चललाई स्वर्ण
-
युक्रेन र अमेरिकाद्वारा सयुक्त समझदारी पत्रमा हस्ताक्षर
-
रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलब पाएनन्
-
एकता महाधिवेशनको तयारी अन्तिम चरणमा : उच्चस्तरीय समिति
-
२०८२ साल लागेसँगै पुँजी बजारमा उत्साह, सातामा १९.३४ अंकले वृद्धि