ओलीले दुई तिहाइको बलमा संसद्को हुर्मत लिएको प्रभु साहको आरोप

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइको बलमा संसद्को हुर्मत लिएको टिप्पणी गरेका छन् । ओलीलाई संसदमाथि विश्वास नभएको बताउँदै उनले अध्यादेशमार्फत मुलुक अगाडि बढ्न नसक्ने बताए ।
शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार जनादेश विपरित काम गरिहेको बताए । लोकतन्त्र र जनताको हितविपरित काम गरिरहेको सरकार पूर्णरुपमा असफल भएको उनले बताए ।
‘प्रधानमन्त्रीले भन्नुभयो यो संसद्ले कामै गरेन । म सोध्न चाहन्छु–संसद्को सबै पद त तपाईंहरुले बाँडफाँट गर्नुभयो, तपाईंहरुले आफ्नो पकेटबाट सभामुख, उपसभामुख बनाउनुभयो, सांसदहरुको भागबण्डा पनि तपाईंहरुले लगाउनुभयो, दुई तिहाइको उपस्थिति पनि तपाईंहरुकै छ, अनि संसद्ले काम गरेन भनेर यहाँ आएर संसद्को हुर्मत लिनुहुन्छ ? यो मिल्छ कि मिल्दैन नैतिकताले ? म सोध्न चाहन्छु’ आजपा अध्यक्ष साहले भने ।
अहिलेको सरकारको जन्म नै मध्यरातमा भएकाले अहिले नेपाली समाज अन्धकारमा परेको टिप्पणी समेत साहले गरे । उनले अहिलेको सरकारले अँध्यारो सुरूङमार्गमा देशलाई छिराउने काम गरेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ