शुक्रबार, १८ माघ २०८१
ताजा लोकप्रिय

नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम कार्यान्वयन सम्झौताको संशोधनमा हस्ताक्षर

शुक्रबार, १८ माघ २०८१, १९ : १८
शुक्रबार, १८ माघ २०८१

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र जर्मन प्राविधिक सहयोग संस्था, जीआईजेड नेपालद्वारा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जा मार्फत पुर्नप्राप्ति एवं सशक्तीकरण कार्यक्रमको दोस्रो संशोधित कार्यान्वयन सम्झौतामा हस्ताक्षर गरिएको छ । 

शुक्रबार ललितपुरमा आयोजित उक्त हस्ताक्षर समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, नेपालका लागि युरोपियन युनियनका प्रतिनिधि मण्डलका प्रमुख  जोसे लुइस विनुएसा–सान्तामारिया, काठमाडौँस्थित जर्मन दूतावासका उप–प्रमुख बेन्जामिन साइडल तथा अन्य उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

यस कार्यक्रमले २३ जनवरी २०२४ मा नेपाल र जर्मन सरकारबिच भएको प्राविधिक सहयोग सम्झौतालाई औपचारिकता प्रदान गर्ने जनाइएको छ । जसअन्तर्गत थप  ६  मिलियन युरो बराबरको वित्तीय सहयोग र तीन वर्षको परियोजना विस्तारको सहमति भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप