कुम्भबाट फर्किएको भक्तजनको गाडीलाई ट्रकले ठक्कर दिँदा ६ जनाको मृत्यु, १३ घाइते
शुक्रबार, १८ माघ २०८१, १९ : ०४

उत्तर प्रदेश । प्रयागराज कुम्भ मेलाबाट फर्किएका श्रद्धालुहरूको पिकअप भ्यानलाई शुक्रबार अनियन्त्रित ट्रकले ठक्कर दिँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । घटनामा अन्य १३ जना घाइते भएका छन् ।
यो दुर्घटना उत्तर प्रदेशको गाजीपुरको नन्दगञ्ज प्रहरी चौकी नजिकैको कुस्मी काला क्षेत्रमा भएको हो । दुर्घटना हुँदा पिकअप भ्यानमा करिब २४ जना यात्रु थिए। घाइते सबै गोरखपुर बासगाउँका रहेको बताइएको छ ।
घाइते सबैलाई उपचारका लागि गाजीपुर मेडिकल कलेज पठाइएको छ । यी सबै कुम्भमा स्नान गरेर आएका जिल्ला मजिस्ट्रेटले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी हर्कतविरुद्ध एमालेको मोटरसाईकल र्याली
-
एनआरएनएहरू मिलेर अघि बढ्नुपर्छ : राजदूत तुम्बाहाङ्फे
-
त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलियो
-
व्यावसायिक विद्युत उत्पादन मिति थप्न इप्पानको विद्युत् प्राधिकरणसँग माग
-
स्पेनी प्रशिक्षक गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने
-
नेपालको अटोमोटिभ कोटिङ बजारमा निप्पोन पेन्टको प्रवेश