खेतबारीमा अग्नि नियन्त्रण रेखा बनाउन आग्रह

काठमाडौँ । आगो लाग्नबाट जोगाउन खेतबारीमा अग्नि नियन्त्रण रेखा बनाउन आग्रह गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले पानी कम पर्ने तथा हावामा आर्द्रता कम रहने समय भएकाले खरबारी, डालेघाँस लगाएको नर्सरी, बेर्ना सारेको बारी तथा गोठ वरिपरि आगो लाग्नबाट बचाउन २–३ मिटर चौडाइमा घाँसपात पतिंगर हटाई अग्नि नियन्त्रण रेखा बनाउन आग्रह गरिएको हो ।
यस्तै, यस वर्षको हिउँद अवधिको हालसम्मको वर्षाको २० वटा केन्द्रको औसत हेर्दा यस अवधिमा हुनुपर्ने कुल वर्षाको ९.२ प्रतिशत मात्र रहेको जुन सरदर भन्दा कम रहेकाले सबै किसिमका बाली, फलफूल तथा तरकारी बालीहरूमा निरन्तर चिस्यान अनुगमन गरी सिँचाइ व्यवस्थापन गर्न सुझाइएको छ ।
केन्द्रको थप कृषि सुझाव
तराई, भित्री मधेस र पहाडका बेँसीहरू (७०० मिटरसम्म)का लागि सिफारिस गरिएका चैते धानका हर्दिनाथ १, चैते २, चैते ४, चैते–५ र चैते ६ जातहरू मध्ये उपलब्ध जातको बीउ १.५ के.जी. प्रति कट्ठा वा २.२५ के.जी. प्रति रोपनीका दरले व्यवस्था गर्नुहोस् ।
पतझड फलफूल बगैंचामा काँटछाँट गर्नुहोस् । काँटछाँट गर्दा बनेका घाउहरु तथा बिरुवाको काण्डमा १० प्रतिशतको बोड़ोंपेष्ट बनाई लगाउनुहोस् ।
केराको गानो कुहिने रोग देखिएमा रोग लागेको बोट बिरुवा उखेलेर हटाउने, नयाँ बिरुवा सार्नको लागि रोग नलागेको क्षेत्रबाट ल्याउने तथा कार्बेन्डाजिम (बेष्टिन) १ लिटर पानीमा २ ग्राम घोली जरा भिज्नेगरि प्रयोग गर्नुहोस् ।
आलुको भण्डारणमा लाग्ने पुतली ( जोताहा कीरा) ले सामान्यतया भण्डारणमा ज्यादा नोक्सानी गर्ने भएतापनि आलु खनिसकेपछि खेतमा नै थुपारेर राख्दा जोताहा कीराको पुतलीले फुल पार्ने र भण्डारणमा नोक्सानी गर्ने भएकोले खन्ने बेलामा सावधानी अपनाउनुहोस् ।
जुकेनी फर्सी (स्क्वास), काँक्रो, करेला, घिरौँला, लौका तथा मुन्टा खाने फर्सीको लागि सिफारिस गरे बमोजिमको दूरीमा खाल्डा खनी राम्रो पाकेको गोबर मल ५. के.जी., हड्डीको धुलो १०० ग्राम, पीना १०० ग्राम, डि.ए.पी. ४० ग्राम पोटास ४० ग्राम र बायोजाईम, जिङ्क, बोरेक्स प्रत्येक ३÷३ ग्रामका दरले माटोमा मिसाई बिरुवा लगाउन सुरु गर्नुहोस् ।
लसुन र प्याजको प्याजी डढुवा रोग व्यवस्थापनको लागि बारी सफा गरी रोगी पातहरू हटाई खाल्डो खनेर पुर्नुहोस् । रोगको अवस्था हेरि ७ दिनको फरकमा साफ वा सेक्टिन जस्ता विषादीहरू २ ग्राम प्रति लिटर पानीका दरले सम्पूर्ण पातहरू भिज्नेगरि ३–४ पटक सम्म छर्केर उपचार गर्नुहोस् ।
खोरेत तथा चरचरे रोग देखिरहने ठाउँमा रोकथामको लागि पशुहरूमा ६ महिनाको उमेर पुगेपछि पहिलो पटक र प्रत्येक वर्ष खोप दोहोर्याउनुहोस्। प्रकोप बढी देखिने ठाउँमा ६–६ महिनामा दोहोर्याउनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय