बैंकिङ कसुर मुद्दामा फरार युवती पक्राउ
शुक्रबार, १८ माघ २०८१, १७ : ४६

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बाँके घर भई हाल काठमाडौँ महानगरपालिका-२९ अनामनगर बस्ने २७ वर्षीया सुस्मिता परियार रहेकी छन् ।
जिल्ला अदालत सुर्खेतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गत माघ १४ गते अनामनगरबाट पक्राउ गरेको हो । प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार उनी २५ लाख रुपैयाँ बिगो भएको बैकिङ कसुर मुद्दामा फरार रहेकी थिइन् ।
परियारलाई आवश्यक कारबाहीको माघ १५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख १५ सम्म नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द
-
१२ वर्षमा जम्मा ३० किसिमका बिरुवाको बीमालेख
-
सिरुवा पर्वले सत्मार्गमा अघि बढ्न प्रेरणा दिन्छ : मुख्यमन्त्री कार्की
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय