शुक्रबार, १८ माघ २०८१
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीमा इन्दिरा पुरी बनिन् सर्वाधिक मत पाउने उम्मेदवार

शुक्रबार, १८ माघ २०८१, १७ : ३८
शुक्रबार, १८ माघ २०८१

काठमाडौँ । अखिल क्रान्तिकारीको नेतृत्व चयनको लागि भएको निर्वाचनमा अनुशासन आयोगकी अध्यक्ष इन्दिरा पुरीले सर्वाधिक मत ल्याएकी छिन् । माघ १६ गते सम्पन्न मतगणनामा पुरीले ११ सय ६ मत ल्याएर विजयी भएकी हुन् । 

उनले सबै उम्मेदवारहरूको भन्दा लोकप्रिय मत पाएकी हुन् । पुरीका निकटतम प्रतिद्वन्द्वी अमिरराज खरेलले ६ सय ४ मत प्राप्त गरे । पुरी र खरेलको मतान्तर ५ सय २ मत रहेको छ । 

यस्तै दोस्रो मत पाउनेमा पनि अनुशासन आयोगको समावेशी उपाध्यक्ष खम्बुजङ मगर रहेकी छिन् । मगरले ९ सय १० मत पाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप