पार्टी जीवनमा आएका अप्ठ्याराहरू चिरेर आगामी कदम अघि बढाउँछौँ : सन्तोष परियार
शुक्रबार, १८ माघ २०८१, १७ : ३२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टी जीवनमा आएका अप्ठ्याराहरू चिरेर आगामी कदम अघि बढाउने बताएका छन् । शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
प्रमुख सचेतक परियारले अभियान, क्रान्ति र देश निर्माणमा हिँड्ने क्रममा राजनीतिक पार्टीका जीवनमा यस किसिमका घटनाहरू हुने गरेको बताए । उनले देश निर्माण गर्ने नयाँ पुस्ताको अभियानलाई निरन्तर रूपमा अघि बढाउने बताए ।
उनले भने, ‘एउटा अभियान, क्रान्ति र देश निर्माणमा हिँडिरहँदा एउटा राजनीतिक पार्टीका जीवनमा अनेक घटनाहरू हुन्छन् । हामीलाई थाहा छ । पार्टी जीवनमा आएका अप्ठ्याराहरू चिरेर आगामी कदम अघि बढाउँछौँ ।’
प्रमुख सचेतक परियारले पार्टी र खास नेताहरूको जीवनमा यस्ता घटनाहरू हुने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ
-
नेपालमा आफ्ना प्रहरी समातिएपछि भारतको गृह मन्त्रालयले जारी गर्यो सर्कुलर
-
कवाडको अवैध निकासीले उद्योगमा कच्चा पदार्थको अभाव
-
विवाद समाधान नहुँदा सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय
-
ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै
-
पञ्च महाभूत, दिशा र वास्तु