राष्ट्रियसभामा विभिन्न अध्यादेशहरू पेस
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा विभिन्न अध्यादेशहरू पेस गरेको छ ।
शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गरेका हुन् ।
त्यस्तै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन)अध्यादेश, २०८१’ निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गर्नुभयो ।
त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक माघ २० गते बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभामा शोक प्रस्ताव पारित, अर्को बैठक यही माघ २४ गते बस्ने
-
शिक्षाको गुणस्तर वृद्धि गरेमात्र समाज रूपान्तरण गर्न सकिन्छ : मन्त्री तिमिल्सिना
-
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम कार्यान्वयन सम्झौताको संशोधनमा हस्ताक्षर
-
मधेसी मोर्चाको साझा मुद्दा र आचारसंहिता तयार गर्न कार्यदल गठन
-
कुम्भबाट फर्किएको भक्तजनको गाडीलाई ट्रकले ठक्कर दिँदा ६ जनाको मृत्यु, १३ घाइते
-
अधिकारका बारेमा प्रदेशले संघसँग गुनासो गरिरहेका छन् : प्रदेश प्रमुख देवकोटा