शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज सम्पन्न

शुक्रबार, १८ माघ २०८१, १७ : १९
शुक्रबार, १८ माघ २०८१

महोत्तरी । बर्दिबासस्थित श्री राष्ट्रिय सेवा दल मध्य पूर्वी तालिम शिक्षालय र नवलपरासी जिल्लाको हात्तिखोर स्थित श्री राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा सञ्चालित सि.सं.१९ सिनियर डिभिजन तालिम शुक्रबार समापन भएको छ ।

मध्य पूर्वी तालिम शिक्षालयमा आयोजित दीक्षान्त कवाज समारोह रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्यमा समापन भएको थियो । सो अवसरमा राईले सफलतापूर्वक तालिम सम्पन्न गर्ने सम्पूर्ण क्याडेट छात्रछात्राहरूलाई बधाई दिँदै नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको राष्ट्रिय सेवा दल तालिममार्फत युवाहरूलाई अनुशासित, नेतृत्ववान्, बफादार र राष्ट्रप्रति समर्पित देशभक्त नागरिक बनाउनु रहेको उल्लेख गरे । 

13-001

त्यस्तै, मध्य तालिम शिक्षालयमा आयोजित दीक्षान्त कवाज समारोह प्रधान सेनापति अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा समापन भएको थियो । समापन समारोहमा प्रधान सेनापतिले विभिन्न भौगोलिक तथा सामाजिक पृष्ठभूमिका युवाहरूमा राष्ट्रियता, राष्ट्र प्रेम र राष्ट्रिय एकताको भावना मार्फत कर्तव्यनिष्ठ, देशभक्त र मातृभूमिप्रति समर्पित युवापुस्ता निर्माण गरी एउटै छानामुनि राख्न राष्ट्रिय सेवा दल तालिम फलदायी रहँदै आएको उल्लेख गरे ।

rastriya sewa dal (1)

दुई वटा तालिम शिक्षालयमा आयोजित दीक्षान्त कवाज समारोहबाट आज कुल १०८० जना क्याडेट छात्रछात्राहरू दीक्षित भएका छन् । योसँगै यस वर्ष ७,७०४ जना क्याडेट छात्रछात्राहरूले राष्ट्रिय सेवा दलको सिनियर डिभिजन तथा जुनियर डिभिजन तालिम सफलतापूर्वक सम्पन्न गरेका छन् ।  

rastriya sewa dal (2)

वि.सं. २०२२ सालमा स्थापित राष्ट्रिय सेवा दलबाट हालसम्म सिनियर डिभिजन तथा जुनियर डिभिजन गरी जम्मा ८२,१८४ जनाले राष्ट्रिय सेवा दल तालिम सम्पन्न गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप