नागरिक उन्मुक्तिको प्रश्न : बाँके, बर्दिया टुक्राउन संविधान संशोधन गर्न लागेको हो ?

काठमाडौँ । नागरिक उन्मुक्तिका सांसद गंगाराम चौधरीले संविधान संशोधन जनताको पक्षमा हुन्छ कि हुँदैन भनेर झस्किएको बताएका छन् । उनले कतै साना दललाई अझ कमजोर बनाउन त संविधान संशोधन गर्न लागिएको होइन भनेर प्रश्न समेत गरे । शुक्रवारको प्रतिनिधिसभा बैठकमा उनले केही अध्यादेश र संविधान संशोधनबारे ठुला दलका नेताको बाँके बर्दिया टुक्राउने अभिव्यक्तिबाट झस्कनुपरेको बताए ।
नागरिक उन्मुक्तिको प्रश्न ः बाँके, बर्दिया टुक्राउन संविधान संशोधन गर्न लागेको हो ? ‘जिल्ला टुक्राउन त संविधान संशोधन हुँदैन ? यो भने नाउपा आन्दोलनमा उत्रन बाध्य हुन्छ’, उनले भने– ‘बाँके बर्दिया टुक्राएर थारु, मधेसी र मुस्लिमलाई कमजोर बनाउने षडयन्त्र हुँदैछ ।’
उनले अरू अध्यादेशलाई सकारात्मक रूपमा लिन सकिने भए पनि भूमि सम्बन्धी अध्यादेश स्वीकार गर्न नसकिने बताए । ‘अरू अध्यादेशलाई सकारात्मक रूपमा लिन सकिए पनि भूमिसम्बन्धी अध्यादेशमा हाम्रो नागरिक उन्मुक्ति पार्टीको रिजर्भेसन छ’, चौधरीले भने– ‘हामी थारुहरू भूमि पुत्र हौँ । २०२१ सालको ऐनले हामीलाई जमिनदारबाट कमैया बनायो ।’
उनले जान्ने सुन्नेले कम्पनी खोलेर जग्गा जोगाए पनि आफूहरू त्यसबेला पढ्न लेख्न नसक्ने अवस्थामा रहेकाले कम्पनी खोल्न नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई