चलचित्र विकास बोर्डद्वारा क्यान्सरपिडित चलचित्रकर्मी राजन थापालाई नगद एक लाख आर्थिक सहयोग
शुक्रबार, १८ माघ २०८१, १७ : ०६

काठमाडौँ । चलचित्र विकास बोर्डले आज क्यानसरपिडित कलाकार राजन थापालाई एक लाख रुपैया उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ । ४ दशकदेखि नेपाली कलाकारितामा सकृय रहेका थापालाई विगत १ वर्षदेखि आान्द्रामा क्यानसर भई आर्थिक अभाव झेल्दै गरेकोले सहयोग गर्ने चलचित्रकर्मि कल्याणकोष सञ्चालन समीतिको निर्णयअनुसार बोर्ड अध्यक्ष दिनेश डिसीले चेक प्रदान गरेका छन् । कोषको संयोजक कलाकार बसुन्धरा भुसाल छिन् ।
२०३९ सालदेखि कलाकारीतामा प्रवेश गरेका थापाले ६ एकान ६, दुश्मन, ईकु,कंगाल, सम्पति लगायतका ठुलो पर्दाका चलचित्रहरुमा तथा अविरल बग्दछ इन्द्रावती, रहरै भो, श्रीमान श्रीमती, तितोसत्य, चक्कर, भुईचालो , सञ्चय आदिमा समेत अभिनय गरेका छन् । आर्थिक अवस्था कमजोर भई उपचार गर्न कठिनाई भएको देखिएपछि आर्थिक सहयोग प्रदान गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेमा ध्यान केन्द्रित गर्नुपर्छ : राष्ट्रपति पौडेल
-
चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी
-
वसन्त ऋतुको आगमनसँगै फक्रिए चेरी र आरुका फूल (तस्बिरहरू)
-
जसपा नेपाल बैठक : तीन दिनदेखि अभियानमाथि छलफल
-
यामाहा मेगा सर्भिस क्याम्प फागुन २४ सम्म चल्ने
-
ई–बग्गीमा पर्यटक सरर, तस्बिरहरू