शुक्रबार, १८ माघ २०८१
ताजा लोकप्रिय

चलचित्र विकास बोर्डद्वारा क्यान्सरपिडित चलचित्रकर्मी राजन थापालाई नगद एक लाख आर्थिक सहयोग

शुक्रबार, १८ माघ २०८१, १७ : ०६
शुक्रबार, १८ माघ २०८१

काठमाडौँ । चलचित्र विकास बोर्डले आज क्यानसरपिडित कलाकार राजन थापालाई एक लाख रुपैया उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ । ४ दशकदेखि नेपाली कलाकारितामा सकृय रहेका थापालाई विगत १ वर्षदेखि आान्द्रामा क्यानसर भई आर्थिक अभाव झेल्दै गरेकोले सहयोग गर्ने चलचित्रकर्मि कल्याणकोष सञ्चालन समीतिको निर्णयअनुसार बोर्ड अध्यक्ष दिनेश डिसीले चेक प्रदान गरेका छन् । कोषको संयोजक कलाकार बसुन्धरा भुसाल छिन् ।

२०३९ सालदेखि कलाकारीतामा प्रवेश गरेका  थापाले ६ एकान ६, दुश्मन, ईकु,कंगाल, सम्पति लगायतका ठुलो पर्दाका चलचित्रहरुमा तथा अविरल बग्दछ इन्द्रावती, रहरै भो, श्रीमान श्रीमती, तितोसत्य, चक्कर, भुईचालो , सञ्चय आदिमा समेत अभिनय गरेका छन् । आर्थिक अवस्था कमजोर भई उपचार गर्न कठिनाई भएको देखिएपछि आर्थिक सहयोग प्रदान गरिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप