रवि लामिछानेमाथि सिंगो राज्य प्रतिशोध र पूर्वाग्रहका साथ खनियो : वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले रवि लामिछानेमाथि सिंगो राज्य प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै वाग्लेले लामिछानेमाथि लगाइएको निलम्बनप्रति पनि आपत्ति जनाएका हुन् ।
उनले अहिले रास्वपा चरणबाट गुज्रिरहेको र पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको जिकिर गरे । छिटै रास्वपाको चौथौँ चरण सुरु हुने र सबैले पार्टीको अस्तित्वलाई स्वीकार गर्ने उनको भनाई थियो ।
वाग्लेले संसदीय छानबिन समितिको प्रतिवेदनमा लामिछानेको नाम उल्लेख नभए पनि जबरजस्त संगठीत अपराधका नाममा फसाउने काम भएको धारणा राखे ।
उनले नेपालको जाँचबुझ आयोग गठन गरेर सबै नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने र चलनचल्तीमा आएका सबै काण्डहरूको पनि एकएक गरेर छानबिन समिति माग्ने चेतावनी दिए ।
उनले दुई तिहाइको सामर्थ्य भएको वर्तमान सरकारले विधिको शासन स्थापित गर्न नसकेको पनि टिप्पणी गरे । उनले अध्यादेशलाई नियमित लयको रूपमा प्रस्तुत गर्न खोज्नु आपत्तिजनक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको मुद्दा लगातार चौथो पेसीमा, घलेले महाधिवेशन गराउन सक्लान् ?
-
राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली
-
आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर अघि बढेका छौँ : स्वास्थ्यमन्त्री पौडेल
-
सर्वोच्च अदालतमा आज ४०५ वटा मुद्दाको पेसी, कसको इजलासमा कति मुद्दा ?
-
ट्रेड युनियन महासङ्घको अगुवाइमा पचास रोपनीमा अदुवाखेती
-
उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन