सरकारले निरंकुश शासनको झल्को दियो : राजेन्द्र पाण्डे

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले सरकारले ६ महिनामा देखाउने कुनै काम गर्न नसकेपछि अध्यादेशको सहरा लिएको आरोप लगाएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा दलीय धारणा राख्दै पाण्डेले ल्याउने ट्रेनले पार्टीभित्रका सांसदलाई बाध्य पारेर अध्यादेश पारित गरिनुपर्ने अवस्था सिर्जना गर्न लागिएको बताए ।
‘यसमा खेल्ने, छलफल गर्ने ठाउँ छैन भन्ने देखिन्छ’, उनले भने, ‘दुई तिहाइ छ जेजे मन लाग्यो त्यही गरे भइगयो त । कालोलाई सेतो भन्नुस् । जे मनलाग्यो त्यही गर्न दुई तिहाइ हो ?’
नेता पाण्डेले दुई तिहाइको घमण्ड नगर्न आग्रह गर्दै अध्यादेशले निरंकुश शासनको झल्को दिएको बताए । उनले आर्थिक सूचक सकारात्मक नभएको भन्दै युवाहरू दैनिक विदेश जाने क्रम नरोकिएको र गाउँ खालि भएको बताए । उनले सरकार विरोधीलाई दमन गर्न सरकार लागेको भन्दै सहकारी समस्या जस्ताको तस्तै रहेको बताए । उनले संविधान संशोधन गर्ने भनेर दुई दलबिच गठबन्धन भएपनि अहिले त्यो विषय कहाँ हरायो भन्दै प्रश्न गरे ।
उनले बुढिगण्डकी आयोजनामा केही समयभित्र सुरु नभए धादिङ र गोरखाका जनताले राजमार्ग छेक्नुपर्ने अवस्था आउने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाल मोहम्मदलाई गोली प्रहार गर्ने गुड्डु भारतमा पनि ‘वान्टेड’
-
राजसंस्था पुनर्स्थापनाको नभएसम्म विश्राम लिँदैनौँ : राणा
-
‘राजागंज’को ट्रेलर : संविधान जारीपछिको मधेस आन्दोलन र अपहरणको कथा
-
जागरण अभियान बहुआयामिक र गुणात्मक भएको माओवादीको निष्कर्ष
-
केपी ओली कपले यातायात अस्तव्यस्त
-
चुडामणि शर्माविरुद्धको मुद्दामा प्रमाण झिकाउन सर्वोच्चको आदेश