राजेन्द्र लिङ्देनको प्रश्न : सुशासन र अर्थतन्त्र सुधारमा यो सरकारले के गर्यो ?

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारको ६ महिनाको कार्यकाल निराशाजनक रहेको भन्दै कांग्रेस–एमालेको सरकारले जनतालाई कुनैपनि डेलिभरी दिन नसकेको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नियमित कामलाई नै उपलब्धि भनेर प्रधानमन्त्रीले संसदमा गरेको व्याख्या उपलब्धि मान्न नसकिने बताए ।
‘ सिद्धबाबाको ब्रेक थ्रु भो, फास्ट ट्रयाकमा पनि ब्रेक थ्रू भो, बंगलादेशसँग विद्युत् व्यापार भो भनेर प्रधानमन्त्रीले भन्नुभयो’, उनले भने, ‘के यो सरकार नभएको भए सिद्धबाबा ब्रेक थ्रु हुँदैन थियो ? कांग्रेस–एमाले मिलेर बनेको सरकारको उपलब्धि यही हो ? ’
उनले यसैलाई उपलब्धि मान्ने हो भने सरकार नै छैन भन्नुपर्ने अवस्था रहेको बताए । उनले सरकारले नै ऐन कानुन बनाएर भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै त्यो रोकिनुपर्ने बताए ।
‘सुशासन र अर्थतन्त्रमा के सुधार गर्यो सरकारले ? विदेशी मुद्रा सञ्चिति सरकारका कारणले हो कि हाम्रा भाइछोरा बेचेर हो ? साढे ६ महिनाको समय निराशाजनक छ । हामी चाहन्छौँ कांग्रेस –एमाले मिलेर बनेको सरकारले डेलिभरी दिनुपर्छ । तर भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमै सरकार लागेको छ’, लिङ्देनले अध्यादेशपछि सिमेन्टमा कालोबजारी भएको बताए । उनले अध्यादेशको अरू कन्टेन्टमा पछि छलफल गर्न सकिने भन्दै अध्यादेशका कन्टेन्टमा अरूले पनि ल्याएको भनेर देशलाई अध्यादेशबाट चलाउने प्रयास नगर्न आग्रह गरे । उनले रास्वपा सभापति रवि लामिछाने ८४ दिन हिरासतमा बस्नुपर्ने तर त्यस्तै मुद्दामा अरू पार्टीका नेता भने हिरासत बस्न नपर्ने पक्षपात भएको बताए । उनले लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको डण्डा चलाएपनि अरू नेताको गर्नुपर्ने कि नगर्ने ? भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाल मोहम्मदलाई गोली प्रहार गर्ने गुड्डु भारतमा पनि ‘वान्टेड’
-
राजसंस्था पुनर्स्थापनाको नभएसम्म विश्राम लिँदैनौँ : राणा
-
‘राजागंज’को ट्रेलर : संविधान जारीपछिको मधेस आन्दोलन र अपहरणको कथा
-
जागरण अभियान बहुआयामिक र गुणात्मक भएको माओवादीको निष्कर्ष
-
केपी ओली कपले यातायात अस्तव्यस्त
-
चुडामणि शर्माविरुद्धको मुद्दामा प्रमाण झिकाउन सर्वोच्चको आदेश