गोली चलाएर प्रहरीले लियो लागुऔषध कारोबारीलाई नियन्त्रणमा
काठमाडौँ । पश्चिम नवलपरासीमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । रामग्राम नगरपालिका वडा नम्बर–१२ स्थित पचगाँवा बस्ने ५२ वर्षीय राजेश लोनियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराले रातोपाटीलाई बताए ।
लागुऔषध नियन्त्रण ब्यूरोको भैरहवा शाखा र जिप्रका पश्चिम नवलपरसासीबाट खटिएको प्रहरीले लोनियाको घरबाट लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा बिहीबार साँझ अपरेसन चलाएका हुन् । पक्राउ गर्न खोज्दा प्रहरीको हतियार खोस्न खोजेपछि गोली प्रहार गरिएको डीएसपी बोहराले बताए । प्रहरीले प्रहार गरेको गोली लागेर लोनिया घाइते भएका छन् । उनको बायाँ खुट्टामा गोली लागेको छ । उनको भैरहवा मेडिकल कलेजमा उपचार हुँदै छ ।
लागुऔषध कारोबारमा संलग्न एकजना फरार भएका छन् । घटनास्थलबाट प्रहरीले ९३ पुरिया खैरो हेरोइन बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालद्वारा १८ डी सिनेमा उद्घाटन
-
माओवादी अभियान : गैँडाकोटमा प्रचण्डको मर्निङ वाक, लखन थापाको सालिकमा माल्यार्पण
-
वैशाख १५ सम्म नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द
-
नयाँ वर्षको अवसरमा ७ चलचित्र निर्माणको घोषणा, तीनको प्रदर्शन मिति तय
-
१२ वर्षमा जम्मा ३० किसिमका बिरुवाको बीमालेख
-
सिरुवा पर्वले सत्मार्गमा अघि बढ्न प्रेरणा दिन्छ : मुख्यमन्त्री कार्की