प्रधानमन्त्री ओलीलाई हितराजको जवाफ– जनमुक्ति सेनाको योगदानलाई अवमूल्यन नगर्नोस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५० को दशकलाई हिंसाको दशक भनेकोमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जवाफ फर्काएका छन् । शक्रुबार संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले ५० को दशक हिंसाको दशक मान्न सकिएला तर ८० को दशकलाई समृद्धिको दशक बनाउनुपर्नेमा जोड दिएका थिए ।
ओलीको जवाफ फर्काउँदै पाण्डेले भने,‘प्रधानमन्त्रीले ५० को दशकको कुरा गर्नुभयो । जनमुक्ति सेनाले काँधमा बन्दुक बोकेर गणतन्त्र ल्याउन सफल भएको हो । त्यसको अवमूल्यन गर्न मिल्दैन । माओवादी जनयुद्धकै जगमा नेपालमा संघीय गणतन्त्र स्थापना भएको हो ।’
आफ्नो पार्टीले रचनात्मक ढंगले प्रतिपक्षमा बसेर गुण र दोषको आधारमा सरकारको विरोध र समर्थन गर्ने उनले बताए । पाण्डेले सुशासन, सामाजिक न्याय, समृद्धि, जनजीविकाको सवालमा राम्रो काम गर्न नसकेको आरोप लगाए । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा पनि सरकारले चासो नदिएको उनले बताए । यस्तै संविधान संशोधनको कुरा ल्याएर कता हरायो भन्दै सरकारमाथि प्रश्न उठाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मधेसी र थारु नमिलुन् भनेर रेशमलाई पक्राउ गरियो’
-
दीपेन्द्र ऐरी नेतृत्वको नेपाल पहेँलोले आसिफ शेख नेतृत्वको नेपाल हरियोलाई हरायो
-
रेशम चौधरी पक्राउ परेपछि नागरिक उन्मुक्ति र जनमत पार्टीबिच एकता घोषणा कार्यक्रम स्थगित
-
फैसला कार्यान्वयनका लागि रेशमलाई पक्राउ गरेका हौँ : प्रहरी
-
ट्रम्पले अमेजनका मालिक बेजोसलाई किन बोलाए ?
-
आजपाले बुझायो लोकसेवा आयोगमा ज्ञापनपत्र