शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय
राष्ट्रिय बुद्धिचाल प्रतियोगिता

रुपेश र सिन्दिराको अपराजित यात्रा कायमै

शुक्रबार, १८ माघ २०८१, १५ : २७
शुक्रबार, १८ माघ २०८१

काठमाडौँ । नेपाल बुद्धिचाल महासंघद्वारा आयोजित २५ औँ राष्ट्रिय पुरुष तथा १० औँ महिला बुद्धिचाल प्रतियोगितामा छनोट भएका शीर्ष २४ खेलाडीबिच ११ चरणको राउण्ड रोविन खेल जारी छ । शुक्रबार नवौँ चरणको खेल सम्पन्न हुँदासम्म पुरुषतर्फ पूर्वनेपाल च्याम्पियन रुपेश जैसवाल र महिलातर्फ वर्तमान नेपाल च्याम्पियन सिन्दिरा जोशी अपराजित रहँदै शीर्ष स्थानमा कायमै छन् । 

प्रतियोगिता हेटौँडामा सञ्चालन भइरहेको छ । प्रतियोगितामा रौतहटका रुपेश जैसवाल र काठमाडौँकी सिन्दिरा जोशी दुबैले आ–आफ्नो विधामा समान ७.५ अंक बटुल्दै अग्रता कायम राखेका हुन् । यी दुबैले समान ६ जीत र तीन बराबरीको नतिजा निकालेका छन् ।

जारी प्रतियोगिताको शीर्ष तीन स्थानभित्र पर्ने खेलाडीले २६ औँ राष्ट्रिय प्रतियोगितामा सिधै प्रवेश पाउने छन् । अहिले शीर्ष तीनको होडमा काठमाडौँका युवा खेलाडी पुरुषोत्तम सिलवाल र वर्तमान नेपाल च्याम्पियन राजन सुवेदी पनि छन् । उनीहरुको समान ६.५ अंक रहेको छ । 

मकवानपुरका एफएम क्षितिज भण्डारी ६ अंकसहित चौथो स्थानमा छन् । झापाका शुश्रुत दहाल र दोलखाका आशिष् फुयाल समान ५.५ अंकसहित संयुक्त रुपमा पाँचौ स्थानमा आसिन छन् । 

यसैगरी, महिलातर्फ अप्रत्याशित खेल प्रदर्शन गरेकी काठमाडौँकी एञ्जल महर्जन सात अंक बटुल्दै दोस्रो स्थानमा छिन् । मोरङकी शान्ति धिमाल ६.५ अंकमा जोडेर तेस्रो स्थानमा आसिन छिन् । बाँकेकी इशा गिरि र झापाकी पुनम प्रसाईले ६–६ अंक जोडेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप