थाइल्यान्डको विजयी सुरुवात, नेदरल्यान्ड्सलाई आठ विकेटले हरायो

काठमाडौँ । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार खेलिएको खेलमा थाइल्यान्डले नेदरल्यान्ड्सलाई आठ विकेटको फराकिलो अन्तरले हराएको छ । जितसँगै थाइल्यान्डले प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
जारी शृंखलामा दोस्रो खेल खेलेको नेदरल्यान्ड्सको भने यो पहिलो हार हो । यसअघि, बिहीबार खेलिएको प्रतियोगिताको उद्घाटन खेलमा नेदरल्यान्ड्सले घरेलु टोली नेपाललाई २० रनले पराजित गरेको थियो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेदरल्यान्ड्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय २२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको थाइल्यान्डले भने १८ ओभरमा दुई विकेट गुमाएर एक सय २५ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
थाइल्यान्डको जितमा नानापत कोनचारोनकाइले अर्धशतकीय योगदान गरिन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी उनले अविजित ५६ रन बनाइन् । यस क्रममा उनले ५० बलको सामना गरी पाँच चौका पनि हिर्काइन् । ओपनर ब्याटर अफिसरा सुवानचोनराथीले पनि टोलीको खातामा २८ रन थपिन् । उनले २४ बलमा चार चौका प्रहार गरिन् ।
चौथो नम्बरमा क्रिज समाल्न आएकी नाथाकन चानथमले २३ रनमा अविजित रहिन् । उनले २५ बलमा एक छक्का र दुई चौका प्रहार गरिन् । त्यसअघि, नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडेले उत्कृष्ट अर्धशतकीय पाली खेलेकी थिइन् । तर, टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी उनले ५२ रन बनाएकी थिइन् । यस क्रममा उनले ५० बलको सामना गरी आठ चौका पनि हिर्काइन् ।
पाँचौँ नम्बरकी ब्याटर आइरिस विलिङले पनि टोलीको खातामा २८ रन थपिन् । उनले ३५ बलमा दुई चौका पनि प्रहार गरिन् । नेदरल्यान्ड्सका अन्य ब्याट्रले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । डच टोलीले अतिरिक्त रुपमा पनि १३ रन पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा पहिलो पटक बजेटबारे सांसदहरूसँग छलफल
-
विद्युत् प्राधिकरणको नाफा ‘फेक’ हो ?
-
पाङ्ग्रा बिना आएको बुद्ध एयरको विमान काठमाडौँमा सकुशल अवतरण
-
विराट गोल्डकप : एपीएफलाई हराउँदै नेपाल पुलिस सेमिफाइनलमा
-
बार निर्वाचन : कुन पदमा कसले दिए उम्मेदवारी ? (नामावलीसहित)
-
राज्यको पैसा खर्च गरेर नेताका नाममा खेल प्रतियोगिता गर्नु कति जायज ?