‘प्रचण्डले ३ पटक अध्यादेश ल्याउनुभयो, १४ कानुन संशोधन गर्नुभयो ’

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपालमा अध्यादेश ल्याउने सरकार केपी ओली नेतृत्वको सरकार मात्र नभएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा दलीय प्रतिनिधित्वका आधारमा धारणा राख्दै भट्टराईले अध्यादेशहरू कस्तो अवस्थामा आउँछन् भन्ने कुरा सबैलाई थाहा भएको बताए ।
उनले भने, ‘..त्यो हामी सबैलाई थाहा छ । संविधान बनाउने शक्ति सबै यही छौँ । नेपालमा अध्यादेश ल्याउने सरकार केपी ओलीको मात्र होइन । ’ उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेलामा ७९ को निर्वाचनपछि ३ पटक अध्यादेश ल्याएको बताए ।
उनले भने– ‘झन्डै १४ वटा कानुन संशोधन गर्नुभयो । मिटर ब्याज, लगानी सम्मेलनलगायतमा अध्यादेश आयो’, उनले अध्यादेशका कन्टेन्टमा प्रतिस्थापन विधेयकमा संशोधन प्रस्ताव ल्याउन प्रचण्डलाई आग्रह गरे । उनले २०७८ को अध्यादेशको स्मरण गर्दै अध्यादेशको बाढी आएको र पार्टीहरू फुटाएको भन्दै अध्यादेशबाट जन्मिएको पार्टीले अहिले अध्यादेश गलत भनिरहेको भन्दै अचम्म लागेको बताए ।
बरु उनले अध्यादेशको विरोध गर्ने अधिकार प्रेम सुवाल र योगेन्द्र मण्डलबाहेक अरूलाई नभएको भट्टराईको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्क कार्नी क्यानाडाको प्रधानमन्त्री चुनिए, ट्रम्पलाई दिए कडा जवाफ
-
इटालियन सिरी’ए : एटलान्टाको फराकिलो जित, युभेन्ट्स हार्यो
-
केबलकार निर्माणको विवादकाबीच धमाधम शौचालय निर्माण
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर