युवालाई अभिनेता हमालको सुझाव : उमेर छदै सिप र दक्षता हासिल गर्नू
![युवालाई अभिनेता हमालको सुझाव : उमेर छदै सिप र दक्षता हासिल गर्नू](https://npcdn.ratopati.com/media/news/9c77a5a0-2c1c-4742-88b8-f97e9c6ba41f_pgavfL8TT2.jpg)
काठमाडौँ । अभिनेता राजेश हमालले उमेर छदै सिप र दक्षता हासिल गर्न युवालाई सुझाएका छन् । हरेक व्यक्तिले आफू पछि कस्तो बन्ने भन्ने विषयमा बेलैमा निर्णय लिनुपर्ने उनको धारणा रहेको थियो ।
गोरेटो कन्सल्टेन्सी पोखरा शाखाको उद्घाटन गर्दै उनले उमेर छदै व्यक्तिले आफ्नो सिप र दक्षता हासिल गर्नुपर्नेमा जोड दिए । ‘समय परिवर्तनशील भएकोले समयमै परिवारको साथ भएको अवस्थामा आफूले चाहेको देशमा समेत जान सकिन्छ’, उनले थपे । हमालले नेपालमा पनि उच्च शिक्षा हासिल गर्न विदेशबाट समेत आउने गरेको बताउँदै नेपालमै उच्च शिक्षा हासिल गरी प्राप्त ज्ञान र सिपलाई भविष्यमा समाज परिवर्तनको लागि र आफ्नो घर परिवारको उज्ज्वल भविष्यको लागि लाग्नुपर्ने धारणा राखे ।
उनले विदेश जान चाहेमा राम्रोसँग बुझेर आधिकारिक संस्थाबाट मात्र जानको लागि सुझाव दिए । हमाल गोरेटोका ब्राण्डएम्बेसडर पनि हुन् । काठमाडौँको नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको गोरेटोको शाखा पोखरामा पनि संचालन गरिएको प्रबन्ध निर्देशक धिरज कँडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काम ठप्प पारेर कर्णालीका स्थानीय तहका कर्मचारी आन्दोलन गर्न वीरेन्द्रनगरमा
-
कामपाले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने
-
गाउँदा गाउँदै स्टेजमै भक्कानिएकी एलिनालाई ऋचा शर्माको ढाडस
-
दातृ निकायको सहयोगका आयोजनामा पनि हालत खराब, एमसीसीको सबैभन्दा कमजोर प्रगति
-
महिलाको डिम्बासयबाट १८.६ किलोको ट्यूमर निकालियो
-
रास्वापाद्वारा रवि लामिछानेको निलम्बन फुकुवा गर्न माग