संसद् बैठक
‘पार्टी टुक्र्याउने खुद्रे कुरा यो सरकारको मेन्युमा छैन’
शुक्रबार, १८ माघ २०८१, १४ : १९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने यो सरकारको कुनै योजना नरहेको स्पष्ट पारेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यसबारे कसैले भय नराख्न स्पष्ट पारेका हुन् ।
पार्टी टुक्र्याउने भत्काउने जस्ता खुद्रे कुराहरू यो सरकारको मेन्युमा नभएको उनको जिकिर थियो । उनले भने, ‘कति पय साथीहरूले बच्चाको जस्तो स्वभाव भन्ने टिप्पणी सुन्ने गरेको छु । बच्चा होस् या पाका कसैलाई पनि डर देखाउनुहुँदैन भन्ने म ठान्छु । आफैसँग डराउनेलाई दिने जवाफ चाहिँ मसँग छैन ।’
उनले थपे, ‘बरु तिनीहरू आफै पो कर्मको भयपासमा परेका हुन् कि । आज यत्ति चाहिँ भन्छु पार्टी टुक्र्याउने भत्काउने जस्ता खुद्रे कुराहरू यो सरकारको मेन्युमा छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशबाटै लाइसेन्स र ब्लु बुक छाप्दै बागमती सरकार
-
दैनिक उपभोग्य सामाग्रीको भन्सार महसुल घटाउन माग
-
प्रहरीको विधि विज्ञानतर्फ योग बहादुर पाल एसएसपी बढुवा सिफारिस
-
पोखरा विमानस्थलमा भ्रष्टाचार : २ अर्ब २२ करोड तत्काल असुलउपर गर्न सिफारिस
-
शिक्षक आन्दोलन : सर्वोच्चको आदेश कार्यान्वयन गरी समस्या समाधानका लागि पहल गर्न बारको अपिल
-
काठमाडौँक बढ्दो शहरीकरण कसरी व्यवस्थापन गर्ने ? - राज महर्जन, शहरी योजनाकार