वर्तमान सरकार २०८४ सम्म निरन्तर जानेमा शंका छैन : नेता थपलिया

काठमाडौँ । नेकपा एमालेले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले राजनीतिक स्थिरताको काम वर्तमान सरकारले गरिरहेको बताएका छन् । उनले वर्तमान सरकार २०८४ सम्म निरन्तर जानेमा शंका नरहेको बताएका हुन् ।
शुक्रबार बसेको प्रदेशसभाको बैठकमा बोल्दै नेता थपलियाले केही विदेशी शक्तिहरू नेपालाई अस्थिरता तर्फ धकेल्न अग्रसर रहेको बताए । नेपाल संघीय गणतन्त्रको अभ्यासमा गरिरहेको र त्यसलाई सफलताका साथ कार्यान्वयन गरिरहेको उनले बताए ।
अहिलेको गठनबन्धन र सरकारले गरेको कामबाट केही व्यक्तिहरूलाई छट्पट्टी भइरहेको उनको भनाई छ । केही विदेशी शक्तिहरू नेपाललाई समाजवाद तर्फ अघि बढ्नबाट रोकिरहेका उनले बताए ।
प्रदेशसभाले राजस्वका क्षेत्र, प्रहरी र निजामती कर्मचारीको अधिकारका सन्दर्भमा छलफल गर्नुपर्ने उनको भनाई छ । संसद्को बहस मेगा प्रोजेक्ट, वैदेशिक सहायता लिने लगायतका क्षेत्रमा अघि बढाउनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाह भइरहँदा बेहुलाले बेहुलीलाई गाली गरेपछि...
-
१७ वर्षअघि आजैको दिन खेलिएको थियो आईपीएलको पहिलो खेल, लेग बाईमार्फत बनेको थियो पहिलो रन
-
नेपाल प्रहरीले माग्यो भान्छे र कुचीकार (सूचनासहित)
-
‘के घर के डेरा : घर नं २’ सिक्वेल होइन - निर्देशक दीपेन्द्र
-
भुकुटीमण्डपमा नेपाल दन्त सामग्री र नेपाल अप्टीकल एक्स्पो सम्मेलन सुरू (तस्बिरहरु)
-
संघीय निजामती विधेयकको प्रतिवेदनमाथि छलफल सुरु