बुबा बन्दै बले, भन्छन्- ‘पहिलो सन्तान परिवारको लागि लक्की चार्म हुन्छ’
शुक्रबार, १८ माघ २०८१, १३ : १३

काठमाडौँ । चर्चित कलाकार सागर लम्साल ‘बले’ बुबा बन्ने भएका छन् । गत असार ३० गते झापाकी स्नेहा दंगालसँग विवाह गरेका उनले आफू बुबा बन्न लागेको रातोपाटीलाई जानकारी दिए ।
उनकी श्रीमती स्नेहा ५ महिनाकी गर्भवती छिन् । ‘२०८२ म बुबा बन्छु’ उनले भने ‘पहिलो सन्तान हाम्रो परिवारको लागि लक्की चार्म हुने देखेको छु ।’
। पेसाले नर्स स्नेहा यतिबेला घरमै आराममा छिन् । बले भने ‘लाज शरणम’ को प्रचारमा छन् । महत्त्वपूर्ण भूमिका रहेको कथानक फिल्म ‘लाज शरणम’ शिवरात्रीदेखि रिलिज हुँदैछ ।
टेलिभिजनबाट ‘बले’ को रूपमा चर्चित उनी ‘डल्लेले इन्ट्री मार्यो’ फिल्ममा अभिनेताको रूपमा समेत देखिँदै छन् । उनी हास्य शृङ्खला ‘सक्किगो नि’का नियमित कलाकार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको महाधिवेशन सार्न माग गर्दै दायर गरिएको रिटमा कारण देखाऊ आदेश (आदेशसहित)
-
जनताले अपेक्षा गरेको भ्रष्टाचार नियन्त्रण हुन सकेन : उपाध्यक्ष भुसाल
-
दुई खेलाडीको उत्कृष्ट अर्धशतक, मुम्बईले लखनऊलाई दियो २१६ रनको लक्ष्य
-
विद्युत् प्राधिकरण भन्छ- लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ
-
जनमतका कोषाध्यक्ष यादवको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी
-
बाढीसम्बन्धी पूर्व सूचना दिन तालगाउँमा साइरन जडान