रविको निवेदनमा सभामुखको प्रश्न : तपाईंविरुद्ध मुद्दा चलेको होइन ?

काठमाडौँ । रास्वपाका निलम्बित सांसद रवि लामिछानेले निलम्बन फुकुवाको निवेदन दिएपछि सभामुख देवराज घिमिरेले विद्यमान कानुन र संसद् नियमावलीको अभ्यासबारे स्मरण गराएका छन् ।
लामिछानेले आज सुरु हुने संसद्को हिउँदे अधिवेशनको बैठकबाटै निलम्बन फुकुवाको लागि सभामुखलाई निवेदन दिन शुक्रवार सभामुखलाई भेट्न सिंहदरबार पुगेका थिए ।
सभामुखलाई निवेदन दिँदै लामिछानेले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम आफूलाई गरिएको निवेदन कानुन सम्मत नभएको भन्दै आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिन आग्रह गरेका थिए ।
जवाफमा सभामुखले विद्यमान कानुन, संसद् नियमावली र अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको बताएका थिए ।
‘कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा होइन । हिजो यस पदमा अरू कोही थियो । आज म छु । भोलि अरू कोही हुनसक्छ । तर पदमा रहँदा कानुनको परिपालना गर्नु मेरो दायित्व हो’, सभामुखले लामिछानेलाई भने, ‘तपाईंहरुले निवेदन दिनुभएको छ । यो छलफल र परामर्शको विषय हो । आजलाई समय भएन । हामी संसद् सुरु हुने अन्तिम समयमा छौँ ।’
त्यस्तै सभामुख घिमिरेले रविले आफ्नो कुरा राखेपछि केही प्रश्न समेत सोधेका छन् । ‘तपाईंविरुद्ध मुद्दा चलेको होइन र ?’, सभामुखको प्रश्नपछि रविले कानुन व्यवसायीलाई स्पष्ट पार्न भनेका थिए ।
त्यसअघि, भेट्नेवित्तिकै सभामुखले रविको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
-
दिल्ली अपराजित, घरेलु मैदानमा हार्यो बैंग्लुरु
-
चट्याङ लागेर दुई महिला गम्भीर घाइते
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान