शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय
संसदीय दल बैठक

संघीय संसद्को आगामी निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा पहिला गर्न माग

शुक्रबार, १८ माघ २०८१, १२ : ४६
शुक्रबार, १८ माघ २०८१

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा संघीय संसद्को आगामी निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा पहिला गर्न माग गरेका छन् । शुक्रबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको बसेको कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरूले आगामी संघको निर्वाचन पहिला गर्ने गरी आवश्यक व्यवस्था मिलाउन माग गरेका हुन् । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आज सांसदहरूले बोल्ने क्रम सकिएको तर मन्त्री र पार्टीका पदाधिकारीहरूले बोल्न बाँकी रहेकाले २४ गते पुनः संसदीय दलको बैठक बस्ने जानकारी दिए । उनले बैठकमा सांसदहरूले सरकारले ल्याएको अध्यादेश, आफ्नो क्षेत्र विकास निर्माणका कुराहरू उठाउनुभएको बताए । 

उनले भने, ‘नेपाली कांग्रेसको संसदीय दलको बैठक आज सक्ने गरी हामीले बोलाएका थियौँ । तर बोल्ने वक्ताहरूको क्रम लामो भएकाले आज पनि बैठक सकेनौँ । सांसदहरूको बोल्ने क्रम सकिएको छ । अब मन्त्रीहरू, पदाधिकारीहरू र नेताहरूले बोल्ने क्रम बाँकी छ । यो संसद्को बैठक २४ गते हुन्छ । त्यही दिन बिहान साढे ८ बजेदेखि बस्ने गरी बैठकलाई स्थगन गरिएको छ ।’

बैठकमा पाथीभरा केबलकारको बारेमा पनि सम्बन्धित जिल्लाका सांसदहरूले आफ्ना धारणा राखेका थिए। उनले थपे, ‘अध्यादेशको विषयमा मान्य सदस्यहरूले कुरा उठाउनुभएको छ । आफ्नो क्षेत्र विकास निर्माणका कुराहरू उठाउनुभएको छ । सम्बन्धित जिल्लाका मान्य सदस्यहरूले पाथीभराको केबलकारका विषयमा जुन किसिमको द्वन्द्व भइरहेको छ । त्यसमा पनि प्रश्न उठाउनु भयो । त्यसमा गृहमन्त्रीज्यूले संसदीय मामिला मन्त्रालयअन्तर्गत पर्दो रहेछ । उहाँले संसदीय मामिला मन्त्रालयको सचिव बोलाएर वार्ता समिति बनाएर वार्ता गरेर सकारात्मक ढंगबाट टुङ्ग्याउन निर्देशन दिएको बताउनुभयो ।’ न्युज एजेन्सी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप