शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय
अदालत

आशिका तामाङविरुद्ध आज थुनछेक, अदालत उपस्थित गराइयो

शुक्रबार, १८ माघ २०८१, १२ : ३८
शुक्रबार, १८ माघ २०८१

काठमाडौँ । आशिका तामाङलाई प्रहरीले भक्तपुर जिल्ला अदालतमा उपस्थित गराएको छ । आपराधिक उपद्रव सम्बन्धी कसुरमा थुनछेक प्रयोजनको लागी उपस्थित गराइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए । उनीबिरुद्ध प्रहरी वृत्त जगातेले अनुसन्धान गरेको थियो । 

१४ माघमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकेको धरौटी बुझाएर छुटेपछि उनी पुन पक्राउ परेकी थिइन् । 

साँगास्थित झोलुङ्गे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यबिनायक नगरपालिकाले २० रुपैयाँ कर सङ्कलन गर्दै आएको थियो । आफूलाई अभियन्ता दाबी गर्ने तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएको आरोप छ । सूर्यबिनायक नगरपालिकाले त्यसबारे अनुसन्धान गर्न भन्दै प्रहरीमा जाहेरी दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप