राजनीतिक अस्थिरता अन्त्यका लागि वर्तमान गठबन्धन बनेको हो: मुख्यमन्त्री लामा

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजनीतिक अस्थिरताको अन्त्य र समुन्नत प्रदेश निर्माणका लागि दुई ठुला दल मिलेर सरकार गठन गरेको बताएका छन् । उनले नागरिकको आवश्यकता र माग पुरा गर्न सरकारले काम गरिरहेको बताए ।
शुक्रबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले सरकारले लोकप्रियता नभई आवश्यकताको आधारमा काम गरिरहेको बताए । प्रदेश सरकारको काम सरल र सहज बनाउन जिआइ ओएमएस सिस्टम जडान भएको उनले बताए । प्रदेश समन्वय परिषद्को बैठक सञ्चालन गरी निर्णय कार्यान्वयनको लागि अघि बढाइएको उनको भनाई छ ।
‘विपद्बाट प्रभावित नागरिकको लागि राहत वितरण गरिएको छ भने विपद् प्रभावित क्षेत्रको पुनः निर्माणको काम तीव्रता दिइएको छ ।’ उनले भने, ‘प्रदेश राजधानी र सङ्घीय राजधानी सहित प्रदेश अन्तर्गतको सडक पूर्वाधार पुनः निर्माणमा काम भइरहेको छ । प्रदेश सरकारको आयोजना छनौट व्यवस्थित गर्न आयोजना बैंक निर्माण गरी आगामी आर्थिक वर्षबाट कार्यान्वयन गर्नेगरी अघि बढाइएको छ ।’
प्रदेश सरकारी कामकाजी भाषा ऐन कार्यान्वयनको चरणमा रहेको उनले बताए । सरकारले प्रदेशमा कर्मचारी व्यवस्थापनको कामलाई तीव्रता दिई प्रदेश कितावखानालाई सक्रियतापूर्वक कर्मचारीहरूको तथ्याङ्क अद्यावधिक गर्ने काम गरिरहेको मुख्यमन्त्री लामाको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बबरमहल फुटपाथको हरिबिजोग, तस्बिरमा हेर्नुहोस्
-
प्रधानमन्त्री र विश्व चर्चित गोलरक्षक बुफोनको उपस्थितिमा उपाधिका लागि भिड्दै आर्मी र मच्छिन्द्र
-
स्ववियुमा मेरो दाबी
-
स्ववियु निर्वाचनका लागि नेविसंघद्वारा १४ समिति गठन
-
युरोपेली देशका नेताहरूसँग भेटघाटपछि जेलेन्स्कीले अमेरिकाबारे के भने ?
-
ओस्कर अवार्ड : जोई सलडाना बनिन् उत्कृष्ट सह-अभिनेत्री