शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स ट्रफीबाट बाहिरिए मिचेल मार्स

शुक्रबार, १८ माघ २०८१, १२ : १८
शुक्रबार, १८ माघ २०८१

काठमाडौँ । अस्ट्रेलियाका प्रभावशाली अलराउन्डर मिचेल मार्सले आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको नवौँ संस्करण खेल्न नसक्ने भएका छन् । च्याम्पियन्स ट्रफीको संघारमै उनी घाइते हुन पुगेका छन् । 

पिठ्यूँको चोटका कारण उनी च्याम्पियन्स ट्रफीबाट बाहिरिएको समाचारमा जनाइएको छ । ३३ वर्षीय मिचेल मार्स घाइते हुने अस्ट्रेलियाका लागि ठुलै चिन्ताको विषय हो । सम्भवतः उनी सन् २०२५ अवधिभर मैदानबाट टाढा रहने छन् । 

मिचेल मार्सले इन्डियन प्रिमियर लिग (आईपीएल) समेत खेल्न नसक्ने समाचारमा जनाइएको छ । आईपीएलमा उनी लखनउ सुपर जायन्ट्समा आबद्ध छन् । 

आईसीसी च्याम्पियन्स ट्रफीको आगामी संस्करणमा एउटा पुरानो परम्पराले निरन्तरता नपाउने भएको छ । च्याम्पियन्स ट्रफीको नवौँ संस्करण पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुँदैछ । प्रतियोगिता फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म सञ्चालन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप