ट्राफिक नियन्त्रण रडारमा कैद छन् वासिङ्टन विमान दुर्घटनाका पल

वासिङ्टन डीसी । अमेरिकाको वासिङ्टनमा भएको विमान दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । अहिले एयर ट्राफिक कन्ट्रोल रडारको भिडियो पनि सार्वजनिक भएको छ ।
यसमा दुर्घटना हुनुभन्दा केही सेकेन्ड अघिका क्षणहरू कैद छन् । यस समयमा एयर ट्राफिक कन्ट्रोलले राडारलाई हेरिरहेको थियो । तर उनीहरूले केही गर्न सक्नु अघि नै एउटा दुःखद दुर्घटना भयो । बुधवार राति राजधानी वासिङ्टन डीसीमा एक यात्रुवाहक विमान र सेनाको हेलिकप्टर हावामै ठोक्किएको थियो ।
दुर्घटनापछि विमान र हेलिकप्टरको भग्नावशेष नदीमा खसेको थियो । दुर्घटनाको समयमा विमानमा चालक दलका सदस्यसहित ६४ जना र सेनाको हेलिकप्टरमा तीन जना सवार थिए । दुर्घटनामा सबैको मृत्यु भएको छ ।
भिडियोमा के छ ?
एयर ट्राफिक कन्ट्रोल राडारको ४९ सेकेन्डको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा सेनाको ब्ल्याक हक हेलिकप्टर प्याट २५ र अमेरिकन एयरलाइन्स ईगल फ्लाइट ५३४२ दुवै एयर ट्राफिक कन्ट्रोल रडारमा देखाइएको थियो ।
दुवै एक अर्काको नजिक आउँदै गरेको देखेर एयर ट्राफिक कन्ट्रोलरले हेलिकप्टर चालक दललाई पनि चेतावनी दिएका थिए । तर पनि दुर्घटना टार्न सकिएन । हेलिकप्टर र विमान एक आपसमा ठोक्किए । एयर ट्राफिक कन्ट्रोलबाट आएको अडियो पनि रेकर्ड गरिएको छ, यसमा पनि नियन्त्रकले हेलिकप्टर चालक दललाई ‘के तपाईँ विमान देख्न सक्नुहुन्छ ?’ भनेर सोधिएको सुनिन्छ । तर उत्तर स्पष्ट सुनिएको छैन ।
विमान कान्सासबाट उडेको थियो
यात्रुवाहक विमानले कान्सासको विचिटाबाट वासिङ्टनका लागि उडान भरेको थियो । विमानमा धेरै खेलाडी र उनीहरूका प्रशिक्षकहरू सवार थिए । विमानमा पूर्व रुसी फिगर स्केटिङ विश्व च्याम्पियन इभजेनिया शिश्कोभा र वादिम नोमोभ पनि सवार थिए । सेनाको ब्ल्याक हक हेलिकप्टर भर्जिनियाबाट उडान भरेको थियो र नियमित परीक्षण उडानमा थियो ।
विमान देखेपछि हेलिकप्टरले किन आफ्नो बाटो परिवर्तन गरेन ? भनेर राष्ट्रपति ट्रम्पले दुर्घटनामाथि प्रश्न उठाएका छन् । वासिङ्टनमा भएको विमान दुर्घटना अमेरिकामा पछिल्लो २५ वर्षमा दोस्रो ठुलो हवाई दुर्घटना हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ