मुम्बई इन्डियन्सको व्यवस्थापनले किन्यो छैटौँ क्लब

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज प्रतियोगिता हो । आईपीएलमा सहभागी १० क्लबमध्ये एक हो, मुम्बई इन्डियन्स ।
आईपीएलको नयाँ संस्करण सुरु हुनुअघि नै मुम्बई इन्डियन्स चर्चामा आएको छ । खासमा, इङ्ल्यान्डमा आयोजना हुने चर्चित फ्रेन्चाइज प्रतियोगिता ‘दि हन्ड्रेड’ मा सहभागीमध्ये एउटा टोली मुम्बई इन्डिन्सले खरिद गरेको छ ।
मुम्बई इन्डियन्स भारतको चर्चित ब्यापारिक समूह रिलान्स इन्डस्ट्रिज अन्तर्गत रहेको छ । रिलान्स इन्डस्ट्रिजले ‘दि हन्ड्रेड’ फ्रेन्चाइज लिगमा सहभागी क्लब ओवल इन्भिन्सिबलको ४९ प्रतिशत शेयर खरिद गरेको समाचारमा जनाइएको छ । अब ओवल इन्भिन्सिबलको ४९ प्रतिशत शेयर अम्बानी परिवारसँग र बाँकी ५१ प्रतिशत शेयर सरे काउन्टी क्रिकेट क्लबसँग रहने छ ।
ओवल इन्भिन्सिबल ‘दि हन्ड्रेड’ लिगको साविक विजेता पनि हो । ओवल इन्भिन्सिबलले हालसम्म दुईपटक ‘दि हन्ड्रेड’ लिगको उपाधि चुमिसकेको छ । रिलान्स इन्डस्ट्रिजले ओवल इन्भिन्सिबल क्लब ६ करोड पाउण्डमा खरिद गरेको बताइएको छ ।
योसँगै ओवल इन्भिन्सिबल रिलान्स इन्डस्ट्रिजले लगानी गरेको विश्वको छैटौँ फ्रेन्चाइज क्लब बन्न पुगेको छ । यसअघि रिलान्स इन्डस्ट्रिजको स्वामित्वमा रहेको क्लब मुम्बई इन्डियन्सले आईपीएल र महिला प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
यसैगरी, अमेरिकाको मेजर लिग क्लब एमआई न्यू योर्क, दक्षिण अफ्रिकाको एसए–२० क्लब एमआई केपटाउन र आईएल टी–२० क्लब एमआई इमिरेटमा पनि अम्बानी परिवारको लगानी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमारमा गएको भूकम्पमा १५ जना गैरआवासीय नेपालीको मृत्यु
-
आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छः मन्त्री गुरुङ
-
तीनकुने घटनापछि प्रहरी हेडक्वार्टरले मगायो उपत्यका बाहिरको फौज
-
गुजरातद्वारा मुम्बईसामु जितका लागि १ सय ९७ रनको लक्ष्य प्रस्तुत
-
मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो
-
म्यानमार भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो