उपभोक्ता खर्च बढ्दा पनि बढेन अमेरिकी आर्थिक वृद्धिदर

वासिङ्टन डीसी । अमेरिकी आर्थिक वृद्धिदर सुस्ताएको छ । व्यापार र लगानी घटेपछि यसको असर आर्थिक वृद्धिदरमा देखिएको हो ।
सो अवधिमा केही विनाशकारी समुद्री आँधीका कारण क्षति भएको थियो भने श्रमिकहरूको आन्दोलनले पनि आर्थिक गतिविधि प्रभावित भएको थियो । अक्टोबर डिसेम्बर अवधिमा अर्थतन्त्र २ दशमलव ३ प्रतिशतले मात्रै बढेको छ ।
अघिल्लो त्रैमासमा यो दर ३ दशमलव १ प्रतिशत भएको वाणिज्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ । समीक्षा अवधिमा अर्थतन्त्रका अन्य खम्बा सुस्ताएको भएपनि उपभोक्ता खर्चमा मजबुत वृद्धि देखिएको थियो ।
तर यो पनि अर्थशास्त्रीहरूले अनुमान गरेको भन्दा चाँहि कमै थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गर्दै धमाधम नीतिहरू उल्ट्याइरहेको समयमा विश्वको सबैभन्दा ठुलो अर्थतन्त्रले कुन बाटो लेला भन्ने अनिश्चय यो तथ्याङ्कले बढाएको छ ।
ट्रम्पले सरकारी खर्चमा व्यापक कटौती गर्ने, अन्य देशबाट आयातित सामानमा अतिरिक्त महसुल लगाउने जस्ता योजनाहरू बनाइरहेका छन् । २०२४ को अन्तिम त्रैमासमा अमेरिकी अर्थतन्त्र साढे २ प्रतिशतले बढ्ने अनुमान थियो । सो अवधिमा उपभोक्ता खर्च ४ दशमलव २ प्रतिशतले बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको बैठकमा ५ विषयमा छलफल: ट्रम्पको प्रशंसा, ओलीको आलोचना
-
कंगोमा जारी युद्धमा ७ हजार मारिए
-
पहिलो पत्नीको आरोपलाई उदित नारायणले भने- ‘ब्ल्याकमेलिङ’
-
७ महिनामा ५२ करोडको कोदो आयात
-
झापामा रिसाएका नारायणकाजी श्रेष्ठ चितवनमा
-
आज २५ अर्ब रुपैयाँको निक्षेप उपकरण बोलकबोल गर्दै राष्ट्र बैंक