शनिबारदेखि क्यानडा र मेक्सिकोले अमेरिकी सामानमा २५ प्रतिशत अतिरिक्त करको सामना गर्ने

वासिङ्टन डीसी । क्यानडा र मेक्सिकोबाट आउने सामानमाथि अमेरिकामा २५ प्रतिशत अतिरिक्त महसुल लाग्ने भएको छ । शनिबार अर्थात् फेब्रुअरी १ देखि लागू हुने गरी उक्त कर लगाइने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् ।
यो कर ती देशबाट आउने तेलमा लागू हुन्छ कि हुन्न भन्नेबारे चाँहि निर्णय भइनसकेको ट्रम्पले बताएका छन् । ओभल अफिसमा पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
यी देशका सीमाबाट अमेरिकामा ठुलो सङ्ख्यामा भित्रिने अवैध आप्रवासी र लागू औषध नियन्त्रण गर्न यस्तो कदम चालिएको उनले बताए । चीनबाट आयात हुने सामानमा छिटोमा यही महिनादेखि १० प्रतिशत कर लाग्ने पनि ट्रम्पले बताएका छन् । तर उनले यसबारे थप विवरण भने दिएका छैनन् ।
चीनबाट अमेरिकामा फेन्टानिल तस्करी भइहरेको र यसका कारण सयौँ हजारौँको मृत्यु भइरहेको कुरालाई ट्रम्पले पुनः दोहोर्याए । चीनले यसको लागि पनि महसुल तिर्नु पर्ने उनको भनाइ थियो ।
आफ्नो चुनावी अभियानमा ट्रम्पले चीनमा बनेर अमेरिका आउने सामानमा ६० प्रतिशतसम्म अतिरिक्त महसुल लगाउने चेतावनी दिएका थिए । तर कार्यभार सम्हालेको पहिलो दिनमा उनले यसबारे कुनै कदम चालेनन् । आफ्नो प्रशासनलाई यस मामिलामा अध्ययन गर्न उनले आदेश दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न व्यक्ति सशस्त्र र नेपाल प्रहरीबाटै लुटिए
-
प्रशिक्षणमा सहभागी कांग्रेस क्षेत्रीय सभापतिहरू भन्छन्– ऊर्जा मिल्यो
-
अन्तरपालिका भलिबलको उपाधि नवलपुरको बौदीकालीलाई
-
दूतावास च्याम्पियनसिप फुटबल : नेपाललाई २ का विरुद्ध ८ गोल
-
कालीगण्डकी कोरिडोर सडक : मालढुङ्गा–फर्से खण्ड कालोपत्र
-
समितिमा विचाराधीन विधेयकहरू छिटो टुंग्याउन अर्थमन्त्री पौडेलको आग्रह