शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय

टोटनह्याम हट्स्पर युरोपा लिगको अन्तिम १६ मा

शुक्रबार, १८ माघ २०८१, ०५ : २७
शुक्रबार, १८ माघ २०८१

काठमाडौं । इंग्लिश क्लब टोटनह्याम हट्स्पर युरोपा लिगको अन्तिम १६ मा पुगेको छ । बिहीबार राती भएको खेलमा टोटनह्यामले एल्फ्सबर्गलाई ३–० ले हराउँदै लिगको अन्तिम १६ मा स्थान बनाएको हो । 

पहिलो आधा अर्थात् हाफ गोलरहित बराबरी भएको खेलमा ७० औं मिनेटमा डेन स्कारलेटले खाता खोले । ८४ औं मिनेटमा डी अजयीले गोल थपे भने थपिएको अतिरिक्त समय अर्थात् ९४ औं मिनेटमा मिकी मूरले जित पक्का गरे । 

टोटनह्यामले लिग चरणका ८ मध्ये ५ खेल जित्दा २ खेल बराबरी र १ खेल गुमायो । यस्तै इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेडले यसअघि नै आफुलाई अन्तिम १६ मा सुरक्षित गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप