काठमाडौँमा छैटौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु
काठमाडौँ । बिहीबारबाट काठमाडौँमा ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’को छैटौँ संस्करण सुरु भएको छ । मोहन अभिलासी निर्देशित लघु चलचित्र ‘पालो’को प्रदर्शनसँगै यो महोत्सव सुरु भएको हो ।
महोत्सवमा यस पटक ४७ देशका ९८ वटा चलचित्रहरू फाइनलको लागि चयन भएका थिए । ती सबै चलचित्र महोत्सवमा प्रदर्शन गरिने भएको छ । महोत्सवमा पहिलो दित लामा छोटा गरेर तीन दर्जन चलचित्र प्रदर्शन गरियो । महोत्सव बिहीबारबाटै राईजिङ मलको क्युएफएक्स सिनेमा र चलचित्र विकास बोर्डमा सुरु भएको हो । तथापि यो महोत्सवको उद्घाटन समारोह आयोजना काठमाडौँको दरबारमार्गस्थित क्युएफएक्स राईजिङ मलमा गरिएको थियो । महोत्सवको उद्घाटन बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीले महोत्सवका उद्घाटन गरे ।
विश्वभरिबाट महोत्सवमा सहभागी चलचित्रकर्मीलाई स्वागत गर्दै मन्त्री ठकुरीले यस्ता कार्यक्रममा चलचित्रको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने बताए ।
महोत्सवको प्रशंसा गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले समारोहमा विदेशी चलचित्रकर्मीलाई खादा र टोपी लगाएर स्वागत गरेका थिए । यस्ता महोत्सवलाई बोर्डले सहयोग गर्दै आएको उनले बताए ।
महोत्सवमा राष्ट्रिय टोलीका मुख्य निर्णायक वरिष्ठ संगीतकार शम्भुजीत बासकोटाले पनि विदेशी चलचित्रकर्मीलाई नेपालमा स्वागत छ भन्दै यसपटकका चलचित्रहरू एक से एक राम्रा भएको बताए ।
महोत्सवकी विशेष अतिथि नेपालकी प्रथम अभिनेत्री भुवन चन्दले पनि सबैलाई स्वागत गर्दै महोत्सवमा राम्रा चलचित्र हेर्ने अवसर पाएको बताइन् ।
नेपाली मौलिक चलचित्रको प्रोत्साहनको लागि यो महोत्सव विगत ६ वर्षदेखि आयोजना गर्दै आएको महोत्सव अध्यक्ष सन्तोष सुवेदीले कार्यक्रममा जानकारी गराए । यसपटक महोत्सवमा ३५ जना चलचित्रकर्मीहरू सहभागी भएको बताए ।
महोत्सव शनिबार उत्कृष्ट चलचित्र, कलाकार तथा प्राविधिकलाई अवार्ड प्रदान गर्दै समापन हुनेछ । जसमा उत्कृष्ट १५ ओटा राष्ट्रिय तथा १५ ओटा अन्तर्राष्ट्रिय गरी ३० मा अवार्डहरू प्रदान गरिने छ ।
महोत्सवमा अन्तर्राष्ट्रिय तर्फ आठ जना विदेशी निर्णायकहरू छन् । अन्तर्राष्ट्रिय निर्णायकमा भारतबाट चलचित्र निर्देशक निपोन धौला, जर्मनी चलचित्रकर्मी फाविन मात्थियस र चलचित्रकर्मी इभिन बिराजी, बेलायतबाट चलचित्र लेखक तथा निर्देशक लुईसा प्रिटोलानी, क्यानडाबाट चलचित्र निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेत्री, लेखक तथा निर्देशक तिमा टाघिजादेह, बहराइनबाट चलचित्र निर्माता निर्देशक एवम् लेखक इभा दाउद र रुसबाट चलचित्रकर्मी इरिना बेराजी रहेका छन् ।
नेपालबाट निर्णायकको रूपमा वरिष्ठ संगीतकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष शम्भुजीत बास्कोटा, अभिनेत्री मिथिला शर्मा, अभिनेता प्रदीप खड्का,अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्देशक दीपेन्द्र के. खनाल, चलचित्र निर्माता एवम् निर्देशक रौनक विक्रम कँडेल, निर्देशक दिनेश लिङदेन र टेलिभिजनकर्मी टिकाराम यात्री छन् । महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्रको विषयमा अन्तरक्रिया, मास्टर क्लास, कार्यशालाका साथै कला प्रदर्शनीसमेत आयोजना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रणनीतिक महत्वको बेनी-दरवाङ सडक अन्तर्गत ‘रणवाङ-दरवाङ’ खण्डमा कालोपत्र सुरू
-
ट्रम्पले भने-वाशिंटन डीसी हवाई दुर्घटनाको कारण अझै अज्ञात
-
१२ बजे, १२ समाचार : विपक्षी दलले सामाजिक सञ्जाल नियमन अध्यादेश अस्वीकार गर्नेदेखि आशिका तामाङलाई तत्काल छोड्न पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठको मागसम्म
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनको दिशामा छ : मुख्यमन्त्री तामाङ
-
टाइगर कप भलिबल : गण्डकी एलिमिनेटरमा
-
आशिका तामाङलाई तत्काल रिहा गर्न पूर्वमन्त्री श्रेष्ठको माग